नेकपा सचिवालय बैठक शुरु



हाम्रो इकोनोमि

 

 

दुई अध्यक्षबीच लामो छलफलपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतवार विहान बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
नेकपा र सरकारसँग तत्कालिन दुई समस्या छन् । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेचिलो बनेको छ ।

अमेरिकी दूतावासले एमसीसी इन्डोप्यासेफिकको अंग भएको बताएपछि सरकारलाई अप्ठेरो परेको छ । त्यस विषयमा निर्णय लिने सचिवालय बैठक बोलाइएको हो । एमसीसीको नेताहरुले आलोचना गरेका छन् भने सरकारले त्यसको बचाउ गरिरहेको छ ।

त्यसैगरी नेकपाभित्र सभामुख चयनको बिषयमा पनि पेचिलो बनेको छ । सभामुख पूर्व एमाले पक्षधरले लिने की पूर्वमाओेवादी पक्षधरले लिने भन्ने बिषय पेचिलो बनेको हो । आइतवार विहान बसेको नेकपा सचिवालय बैठकले सभामुखको टुंगो लगाउने भएको छ ।

सभामुखमा पूर्वएमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपसभामुख शिवमाया तुम्वाहाङफेले दावी गरिरहेका छन् भने पूर्वमाओवादीबाट अग्नीप्रसाद सापकोटा, देव गुरुङ र पम्फा भूसालले दावी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...