नेकपा सचिवालय बैठक शुरु
दुई अध्यक्षबीच लामो छलफलपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक आइतवार विहान बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुटारमा सचिवालय बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
नेकपा र सरकारसँग तत्कालिन दुई समस्या छन् । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पेचिलो बनेको छ ।
अमेरिकी दूतावासले एमसीसी इन्डोप्यासेफिकको अंग भएको बताएपछि सरकारलाई अप्ठेरो परेको छ । त्यस विषयमा निर्णय लिने सचिवालय बैठक बोलाइएको हो । एमसीसीको नेताहरुले आलोचना गरेका छन् भने सरकारले त्यसको बचाउ गरिरहेको छ ।
त्यसैगरी नेकपाभित्र सभामुख चयनको बिषयमा पनि पेचिलो बनेको छ । सभामुख पूर्व एमाले पक्षधरले लिने की पूर्वमाओेवादी पक्षधरले लिने भन्ने बिषय पेचिलो बनेको हो । आइतवार विहान बसेको नेकपा सचिवालय बैठकले सभामुखको टुंगो लगाउने भएको छ ।
सभामुखमा पूर्वएमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ र उपसभामुख शिवमाया तुम्वाहाङफेले दावी गरिरहेका छन् भने पूर्वमाओवादीबाट अग्नीप्रसाद सापकोटा, देव गुरुङ र पम्फा भूसालले दावी गरिरहेका छन् ।


