प्रधानमन्त्री ओलीले सुनेपछि क-कसको बिल्लीबाँठ, आइजीपीदेखि उर्जामन्त्रीसम्मको साँठगाँठ
गएको ७ गते नेपाल प्रहरीले काठमाडौंका मनमैजु, बूढानीलकण्ठलगायत स्थानमा छापा मारेर अवैध गतिविधिमा संलग्न १ सय २२ चिनियाँलाई पक्राउ गरेपछि यसले ठूलै चर्चा पायो । यसरी चर्चा पाईरहँदा सुरक्षा सम्बन्धी सम्मेलनमा सहभागी हुने तयारीमा रहेका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई मन्त्रीपरिषदको बैठकले जानबाट रोक लगायो ।
नेपालमा बसेर साईबर क्राईममा संलग्न चिनियाँ नागरिकहरुलाई आइजीपी खनालको प्रत्यक्ष निर्देशन र निगरानीमा पक्राउ गरिएको समाचारहरु पनि सार्वजनिक भए । यो चर्चासँगै आइजीपीलाई चीन जानबाट मन्त्रीमन्त्रीषद बैठकले रोकेको कुराले पनि चर्चा पायो । तर, अहिले भने नयाँ चर्चाले प्रहरी मुख्यालयदेखि सिंहदरबारसम्म ठाउँ पाएको छ । प्रसंग हो नेपालमा बसेर अपराध गरिरहेका चिनियाँ नागरिक पक्राउ सम्बन्धी ।
नेपालमा अपराध कर्म गर्दै आइरहेका चिनियाँ र तिनका नेपाली एजेन्टसँग बहालवाला आइजीपीदेखि मन्त्री, नेतासम्मको कनेक्सन रहेको खुलासा भएसँगै गृहमन्त्रालयमा हलचल मच्चिएको छ । यो विषय प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि पुगेको बताइएको छ ।
प्रधानमन्त्री ओलीले यो विषयलाई सुक्ष्म र गहन ढंगले लिएको बताइन्छ । ओलीले यससम्बन्धी अनुसन्धान गरी आफूलाई रिपोर्ट गर्न राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकलाई कडा निर्देशन दिएको बालुवाटार श्रोतको दाबी छ ।
प्राप्त समाचार अनुसार गिरफ्तार र फरार चिनियाँ अभियुक्तसँग ऊर्जा मन्त्री वर्षमान पुन देखि नेपाल प्रहरीका आइजीपी खनालसम्मको कनेक्सन देखिएपछि घटनाले अर्कै मोड लिएको छ । उनीहरुसँग उपराष्ट्रपतिपुत्रदेखि गृहमन्त्रीपुत्रलगायत आधा दर्जन नेपालीको यस्ता व्यक्तिहरूसँग साँठगाँठ रहेको रहस्य खुलेको छ ।
त्यस्तै मञ्जिल, अमला, सीता राना मगर, दीपक बुढा मगर, सुनील अग्रवाल, दिलीप आचार्य, निस श्रेष्ठ, सागर पाली र गोविन्द सापकोटा चिनियाँ गिरोहसँग काम गर्ने नेपालीहरु रहेको बताईएको छ ।
उता प्रधानमन्त्री निवास र चिनियाँ दूतावास छेउमै चिनियाँको शंकास्पद गतिविधि हुने गरेको उजुरी परे पनि त्यहाँ छापा मारेको थिएन । त्यस्तै उर्जा सिंचाई तथा जलश्रोतमन्त्री पुन मन्त्री बन्नु अगाडी बस्दै आएको बालुवाटारस्थित निवास सँगै रहेको घरमा रहेका चिनियाँहरुलाई पनि सूचना चुहाईएपछि अहिले उनीहरु पनि त्यहाँ बस्न छोडेका छन् । यसलाई उच्च अधिकारीहरुसँग साँठगाँठ रहेकै कारण उनीहरुलाई छापा नमारिएको चर्चा चल्ने गरेको छ । उता मनमैजुमा रहेको साततले घरमा छापा मार्न जानु अघि उनीहरुलाई माथिल्लो तहबाट सूचना दिई भगाईएको खुलेकोे छ ।
महानगरीय अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्युरो र काठमाडौं परिसरको टोली आइतबार बिहानै छापा मार्न काठमाडौको मनमैँजुमा रहेको सात तले पुगेका थिए । त्यस साततले घरलाई घेरा हाल्न पुगेको थियो। सम्भावित सबै घटनालाई मध्यनजर गर्दै प्रहरी तयारी अवस्थामा थियो ।
यसरी बेलैमा सूचना पाएर भागेका चिनियाँहरु सहिद गङ्गालाल हृदयरोग केन्द्र अस्पताल पछाडिको सेल्टरमा शरण लिन पुगेको पनि रहस्य बाहिर आएको छ
श्रोतका अनुसार बाँसबारीस्थित नेपाली सेनाको रिपुमर्दनी स्कुल र गंगालाल हृदयरोग केन्द्रको बीचमा रहेको एक तिब्बतीयनको घरमा आश्रय लिएको तथ्य खुलेको हो । उनीहरुले त्यस घरलाई आकस्मिक आश्रयस्थल बनाएका छन् । यसअघि सो घरमा अल्टरनेटिभ फर्निचर तथा युपीभिसी झ्यालढोका कारखाना रहेको थियो । महिना दिन अगाडि सो कारखाना भाटभटेनी नजिक सरेपछि उक्त भवन खाली रहेको थियो ।
श्रोतका अनुसार यसरी शंकास्पद चिनियाँहरु उक्त घरसँगै पश्चिमपट्टीका आसपासका घरमा छिर्न गएका छन् । नेपालमा बसेर साइबर क्राइम, मनी लाउण्डिङ सम्बन्धि संगठित अपराध गरिरहेका चिनियाँ नागरिकलाई प्रहरीले छापामारी पक्राउ गरेको थियो । उनीहरुले नेपालमा बसी पुरुष भए महिलाले र महिला भए पुरुषले फसाउँदै आएका थिए । यसरी भगौडामध्ये ४०–५० जना त्यहाँ रहेको अनुसन्धानबाट खुलेको छ । उनीहरुलाई भगाउन उच्च तहबाटै भएको खुलासा समेत भएको छ ।
सात तलेमा छापा मार्दा प्रहरीहरुले उच्च सतर्कता अपनाएको थियो । संभावित घटनालाई मध्यनजर गर्दै हाम फाल्दा जोगाउन जालदेखि मेडिकल टोलीसमेत तयार थियो। लगभग ८ बजे त्यहाँ पुगेको प्रहरी टोली तब छक्क पर्योभ, जब घरको मूलगेटमा भोटे ताल्चा लगाइएको थियो। यसरी लगाईएको ताल्चा प्रहरीले घनले हानेर भोटे ताल्चा त फोर्यो तर घरमा कोही मान्छे थिएनन् तर उनीहरुका सबै सामान थिए।
वरिपरि बुझ्दै जाँदा प्रहरीले ‘अघि एकछिनसम्म चाइनिजहरु धमाधम’ निस्किएको सूचना पायो। अनि पहिलादेखि रेकी गरिरहेको वरिपरिका घरमा प्रहरीले छापा हान्यो जहाँबाट ७३ जना चिनियाँ पक्राउ परे । प्रहरीले पछि थाहा पायो– त्यस दिन उनीहरुलाई विदा दिइएको रहेछ । तर त्यहाँ तीन सयको हारहारीमा चिनियाँ नागरिक भएको सूचना प्रहरीसँग रहेको थियो । तर उनीहरु कोही पनि भेटिएनन् । प्रहरीका अनुसार चिनियाँले त्यस घरलाई मासिक १२ लाख रुपैयाँ तिर्नेगरी भाडामा लिएका थिए । यसरी ठूलै योजनाका साथ गएको प्रहरीले सफलता हात नपार्नुले पनि दालमे कुछ काला है भन्ने देखाउँछ ।


