सभामुखको टुङ्गो नलागेपछि संसद बैठक स्थगित



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा सहमति नभएपछि प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजे डाकिएको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना छ।

‘अहिलेसम्म आज संसदको बैठक बस्ने संकेत देखिएको छैन। सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ,’ संसद सचिवालयका एक कर्मचारीले सेतोपाटीसँग भने,‘पुस १६ गते अर्को बैठक बस्ने सम्भावना देखिएको छ। यसबारे कार्यव्यवस्था परामर्श समितिले नै निर्णय गर्छ।’

स्रोतका अनुसार नेकपाले प्रतिनिधि सभाको बैठक सार्न संसद सचिवालयलाई भनेपछि सचिवालयले यस्तो तयारी गरेको हो।

हरेक बैठकअघि नियमित रूपमा बस्ने परामर्श समितिको बैठकले यसको निर्णय गर्न सक्ने भुसालले बताइन्।

प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ। तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सर्ने देखिएको हो।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले  सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...