सभामुखको टुङ्गो नलागेपछि संसद बैठक स्थगित



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा सहमति नभएपछि प्रतिनिधि सभाको सभामुखको निर्वाचन प्रक्रिया लम्बिने भएको छ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजे डाकिएको बैठक सूचना टाँसेर स्थगित हुने सम्भावना छ।

‘अहिलेसम्म आज संसदको बैठक बस्ने संकेत देखिएको छैन। सूचना टाँसेर स्थगित हुने सम्भावना बढेको छ,’ संसद सचिवालयका एक कर्मचारीले सेतोपाटीसँग भने,‘पुस १६ गते अर्को बैठक बस्ने सम्भावना देखिएको छ। यसबारे कार्यव्यवस्था परामर्श समितिले नै निर्णय गर्छ।’

स्रोतका अनुसार नेकपाले प्रतिनिधि सभाको बैठक सार्न संसद सचिवालयलाई भनेपछि सचिवालयले यस्तो तयारी गरेको हो।

हरेक बैठकअघि नियमित रूपमा बस्ने परामर्श समितिको बैठकले यसको निर्णय गर्न सक्ने भुसालले बताइन्।

प्रतिनिधि सभाको अब बस्ने बैठकको पहिलो कार्यसूची नै सभामुख चयनो प्रक्रिया हुन्छ। तर सत्तारूढ नेकपाले सभामुख को हुने टुंग्याउन नसकेकाले बैठक सर्ने देखिएको हो।

नेकपामा सभामुख कसलाई बनाउने भन्ने सहमति भएको छैन। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पूर्वसभामुख सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षधर नेताले  सांसद अग्नि सापकोटालाई सभामुख बनाउन खोजेका छन्।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...