३ लाख फिर्ता नगरेको झोंकमा जेठाजुले बुहारीलाई खुकुरी हान्दा……..



हाम्रो इकोनोमि

 

रकम फिर्ता नगरेको निहुँमा जेठाजुले खुकुरीले हान्दा धनुषामा महिलाको मृत्यु भएको छ । आफ्नै जेठाजु श्रीप्रसाद पञ्जियारको खुकुरी प्रहारबाट ३८ बर्षीया रानीको मृत्यु भएको हो ।

घटनापछि फरार भएका श्रीप्रसादलाई जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट बुधबार राति ९ बजे पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर कार्कीले जानकारी दिए ।

श्रीप्रसादले प्रहरीसँगको बयानमा खुकुरीले हाने को स्वीकार गरेका छन् । आफूलाई पुनः विदेश जान रकम जसरी पनि चाहिने भन्दै श्रीप्रसादले दबाव दिएका थिए । रानी ऋण खोज्दै बहिनीको घर बडहरी गएकी थिइन् ।

रानीले बडहरीमै आउनु रकम दिन्छु भनी जेठाजु श्रीप्रसादलाई बोलाएकी पनि थिइन् । तर उनलले ऋण नपाएपछि श्रीप्रसादले खुकुरी अनुसन्धानबाट देखिएको धनुषाका प्रहरी प्रमुख एसपी रमेशकुमार बस्नेतले बताए । ‘रकम नदिँदा ज्यानै लिने हिसाबले श्रीप्रसाद खुकुरी बोकेरै बडहरी पुगेको खुलेको छ ।’

रकम नदिएपछि मार्ने उनको पूर्वयोजना नै रहेको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका श्रीप्रसादलाई पक्राउ गरी बिहीबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

रानीले रकम फिर्ता नगर्दा श्रीप्रसादको घरमा श्रीमतीसँग झगडा पनि भएको प्रहरीले जनाएको छ । ‘आफ्ना भाइबुहारीलाई दिएको रकम फिर्ता नगरेको झोंकमा श्रीप्रसादकी श्रीमती चार दिनअघि माइत गएपछि श्रीप्रसादलाई रिस उठेको देखिन्छ’ प्रहरी प्रमुख बस्नेतले भने ।

मिथिला नगरपालिका ९ बडहरीस्थित आँपको बगैचामा टाउको, नाक र बायाँ हातको तीन ओटा औंला काटिएको अवस्थामा रानी भेटिएकी थिइन् । तत्कालै अस्थायी प्रहरी पोष्ट बडहरीको टोली र स्थानीयहरुले उनलाई उद्वार गरी उपचारका निम्ति पठाए पनि रानीको मृत्यु हुन्छ ।

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी श्रीप्रसाद रोजगारीका क्रममा मलेसियामा रहँदा भाइ मिश्रीप्रसाद र बुहारी रानीदेवीलाई पटक पटक रकम पठाएका थिए ।

आफूले पठाएको रकम ३ लाख रुपैयाँ पुगेपछि श्रीप्रसादले फिर्ताका लागि दबाब दिन्छन् । आफ्ना श्रीमान् मलेसिया गएको र रकम पठाएपछि दिने भन्दै रानीले टार्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...