उपप्रधानमन्त्री पोखरेलले भने नियम संगत नै गोकर्ण रिसोर्ट भाडामा



हाम्रो इकोनोमि

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गोकर्ण रिसोर्ट भाडामा दिनुको रहस्य खोलेका छन् । उपप्रधानमन्त्री पोखरेलले नेपाल ट्रस्टलाई फाइदा हुने भएपछि नै गोकर्ण रिसोर्टको लिज अवधि थपेको बताएका छन् ।

राष्ट्रियसभाको आज (बिहीबार)को बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै नेपाल ट्रस्टको अध्यक्ष समेत रहेका पोखरेलले नेपाल ट्रस्ट ऐन र नियमावली अनुसार नै भाडामा दिइएको बताएको बताएका हुन । उनले बैठकमा बोल्दै भने – ‘राष्ट्रहित अनुकूल र राष्ट्रलाई फाइदा हुने देखिएमा अवधि समाप्त हुनु अघि लिजको अवधि थप गर्न सक्ने काननी व्यवस्था छ,’ उनले भने, ‘ट्रस्टको सिफारिसअनुसार मन्त्रिपरिषदले लिजको म्याद थप्न सकिने व्यवस्था छ।’

यसरी यी ऐन र नियमावली सरकारले नभई संसदले नै औपचारिक रुपमा संशोधन गरिएकाले त्यसमै टेकेर भाडामा दिएको बताए । मन्त्री पोखरेलले सोलोडोलो कुरा गरेर सरकारको आलोचना होइन, मुद्दामा केन्द्रित भएर सरकारी कामको समर्थन र विरोध गर्न पनि सांसदहरुलाई आग्रह गरे।

२०५२ मा गोकर्णको २७९३ रोपनी जग्गा फरेस्ट रिर्साट निर्माण गर्न ३० वर्षका लागि लिज सम्झौता भएको थियो। यो सम्झौताको म्याद पाँच वर्ष बाँकी रहँदै पुन सरकारले म्याद थपेको थियो।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...