कुखुराको मासु र अण्डाको मूल्यवृद्धि, सरकार व्यापारीसँग मिलेको उपभोक्ताको आरोप



हाम्रो इकोनोमि

 

 

नेपाल ह्याचरी उद्योग संघले केही दिनअघि ‘चिकेन होलिडे’का नाममा कुखुराका चल्ला र अण्डा नष्ट गर्ने अभियान चलायो । अभियान सकिएलगत्तै कुखुरा व्यवसायी र अण्डा उत्पादकहरुले आफ्नो उत्पादनको मूल्य बढाएका छन् ।

नेपाल अण्डा उत्पादक संघले कुखुराको ठूलो अण्डाको मूल्य मंगलवारबाट लागू हुने गरी प्रतिक्रेट २९० रुपैयाँ तोकेको हो । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य २७५ रुपैयाँ थियो । यस्तै मध्यम खाले अण्डाको मूल्य २५५ रुपैयाँबाट २० रुपैयाँले बढाएर २७५ रुपैयाँ पुर्‍याईएको छ ।

संघका अध्यक्ष शिवराम केसीले चिसोले उत्पादन घटेको र किसानले उचित मूल्य नपाएकाले मूल्य बढाउनु परेको बताए । लगात मूल्य नै नउठेपछि नियमित प्रक्रिया अनुसार नै मूल्य बढाएको उनको भनाइ छ ।

अण्डाको मूल्य बढाइएको भोलिपल्टै राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको बैठकले मासुको मूल्य बढाउने निर्णय लिएको छ । एक साताको अवधिमा मासुमा दोस्रोपटक मूल्यवृद्धि गरिएको हो ।

एक साताअघि संघले प्रतिकिलो २५० रुपैयाँ रहेको ब्रोइलर कुखुराको मूल्य प्रतिकिलो २० रुपैयाँ बढाएर संघले २७० रुपैयाँ तोकेको थियो । बुधबार संघले पुनः प्रतिकिलो १५ रुपैयाँ बढाएर मासुको मूल्य प्रतिकिलो २८५ रुपैयाँ तोकेको सघका अध्यक्ष जंगबहादुर बिसीले अनलाइनखबरलाई बताए ।

अध्यक्ष बिसीका अनुसार संघले तोकेको मूल्यमा १० रुपैयाँ थपिएर उपभोक्तासम्म पुग्छ । काठमाडौंमा बुधबार देखि कुखुराको मासुको उपभोक्ता मूल्य २९५ रुपैयाँ देखि तीन सय रुपैयाँसम्म पुगेको छ ।

हृयाचरी उद्योगीले मंसिर २८ देखि पुस ६ गतेसम्म ४० लाख चल्ला उत्पादन हुने ६० लाख निशेचित अण्डा नष्ट गरेका थिए । तर व्यवसायीहरुको संगठनले मूल्यबृद्धिलाई संयोग मात्रै भएको दाबी गरेको छ ।

अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले अण्डाको मूल्य बृद्धि र हृयाचरीको आन्दोलन एक अर्कासंग सम्बन्धित विषय नभएको दाबी गरे ।

‘हामी व्यवसायीले मूल्य बढाएका हौँ, यसले उपभोक्ताई मार पर्दैन,’ केसीले भने ।

राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले पनि हृयाचरीको आन्दोलन र मासुको मूल्यबृद्धि संयोग मात्रै भएको दाबी गरेको छ ।

‘स्याल कराउनु र कुखुरा हराउनु जस्तै भयो, हृयाचरी आन्दोलनले मूल्य बढेको होईन,’ संघका अध्यक्ष जंगबहादुर बिसीले दाबी गरे ।

मासु र अण्डाको मूल्यवृद्धि, चल्ला, अण्डा र मासु उत्पादकको मिलोमतो र सरकारको सहयोगमा भएको उपभोक्ता अधिकारकर्मीहरुले आरोप लगाएका छन् । मासु र अण्डाको मूल्यमा असर पर्छ भन्ने जान्दाजान्दै व्यवसायीको आन्दोलनमा सरकारले सहयोग गरेको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योती बानियाले बताए ।

‘यहाँ सरकार को र हृयाचरी तथा मासु व्यापारी को हो भन्ने नै छुटि्टएन, उपभोक्ता लुटिए,’ उनले भने ।

बानियाका अनुसार हृयाचरीवालाको आन्दोलन रोक्न प्रतिस्पर्धा तथा बजार प्रवर्द्धन ऐन २०६१, उपभोक्ता संरक्षण ऐन २०७५ तथा कालोबजारी ऐनसहित तीनवटा कानून थिए ।

आन्दोलन रोक्नु त परको कुरा आन्दोलन किन भनेर समेत सरकारले प्रश्न समेत सोधेन । सञ्चार माध्यमबाट आन्दोलन र असरबारे प्रशस्त सूचना पाउँदा पनि सरकार मौन बस्यो,’ उनले असन्तुष्टि पोखे ।

बानियाले जनताविरुद्ध कालोबजारी गर्न सघाउने सरकारको आशा गर्नुभन्दा पुरानो मूल्यमा नदिए अण्डा र मासु नकिन्ने अडान लिन आम उपभोक्तालाई आहृवान गरे । आफूहरुकै उजुरीका आधारमा मानवअधिकार आयोगले स्थलगत अध्ययन थालेको उनले बताए ।

कानून कार्यान्वयन गर्ने वाणिज्य विभाग व्यापारीको आन्दोलनमा सहयोगी बनेको उपभोक्ता अधिकार अनुसन्धान मन्चका अध्यक्ष माधब तिमिल्सिनाको आरोप छ । उपभोक्ता ठगिदै छन् भन्ने पूर्व सूचना र प्रशस्त उजुरीका बाबजुद पनि कुनै सक्रियाता नदेखाईनु अचम्मको विषय भएको उनले बताए ।

‘सरकार त व्यापारीसँग मिल्यो, अब उपभोक्ता स्वयंले निषेधको अभियान थाल्नु पर्छ,’ उनले भने ।

सरकार के गर्दैछ ?

पशु सेवा विभागले हृयाचरी वालाको आन्दोलन गर्नु पर्ने कारणबारे तीन दिने पत्र लेखेको तर जवाफ नआएको बताएको छ । विभागका महानिर्देशक डा. वंशी मिश्र उद्योगीको आन्दोलन रोक्ने र बजार मूल्य निर्धारण गर्ने विषय विभागको अधिकारक्षेत्र नभएको भन्दै पन्छिए ।
‘पशु उत्पादन र स्वास्थ्य मात्रै हाम्रो म्यान्डेटमा पर्छ, तर आन्दोलनकारीको जवाफ आएपछि निर्देशनात्मक केही कुरा हुन्छ,’ मिश्रले भने ।

यता कालोबजारी र उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गराउने बाणिज्य विभागले व्यवसायीहरुलाई मूल्य बढाउनुको कारणबारे स्पष्टीकरण सोधिएको जनाएको छ ।

बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले अण्डा उत्पादक र मासु व्यवसायीलाई स्पष्टीकरण सोधिएको बताए । उनीहरुको जवाफ हेरेर थप कारबाहीबारे विभाग अघि बढ्ने सुबेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...