रेशम चौधरी रिहा हुने अनि राजपा सरकारमा जाने



हाम्रो इकोनोमि

 

 

समाजवादी पार्टी सरकारबाट बाहिरिदा राजपा सरकारमा जाने चर्चा राजनीतिक बजारमा चल्न थालेको छ । तर राजपाले भने सरकारमा जान दुई सर्त राखेको छ । पहिलो संबिधान संशोधन, दोस्रो रेशम चौधरीको रिहाई ।

केही दिनअघि मात्र राष्टियसभा निर्वाचनका लागि नेकपासँग चुनावी तालमेल गरेको राजपाले सरकारमा जान दुई लिखित सर्तको माग गरेको छ । समाजवादीले सरकार नछोड्दै राजपाले नेकपासँग दुई सर्त राखेको थियो ।

संविधान संशोधनमा राजपा र समाजवादीबीच यसअघि कुरा मिलेको थिएन । संविधानको जुन बुँदा राजपाले संशोधन गर्न चाहेको थियो, त्यो बुँदा समाजवादीले संशोधन गर्न चाहेको थिएन । दुई मधेसवादी दलको कुरा नमिलेका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावअघि बढाउन सकेका थिएनन् ।

राजपा नेता र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारमा सहयात्रा गर्ने बिषयमा कुरा चलिरहेको छ । तर निस्कर्ष निस्किसकेको छैन, नेकपाका एक स्थायी कमिटी सदस्यले भने । सरकारमा सहयात्रा गर्नका लागि राजपाले पहिलो सर्त संविधान संशोधनलाई राखेको छ भने दोस्रो सर्त रेशम चौधरीको रिहाई बनाएको छ ।

सत्तारुढ दल नेकपा संविधान संशोधनका लागि तयार भएपनि अदालतको आदेशअनुसार जन्मकैदको फैसला पाएका चौधरीलाई रिहा गर्न तयार भएको छैन । चौधरीलाई रिहा गर्दा कानुनी र नागरिक जगतबाट ठुलो विरोध हुने आँकलन नेकपाले गरेको छ । तर राजपाले भने यसलाई बटमलाइन बनाएको छ ।

राजपालाई फकाउन रेशम चौधरीलाई जेलबाट सिंहदरवार ल्याएर समथ गराइएको थियो । सपथ लिएको केही महिनापछि नै कैलाली जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो । सरकारमा जान राजपा तयार भएको छ । तर केही लिखित प्रतिबद्धता भने खोजिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...