दुई अध्यक्षबीच कुरा मिलेन, सभामुख विबाद कायमै



हाम्रो इकोनोमि

 

 

पूर्वएमाले र पूर्वमाओवादीबीच सभामुख चयनमा कुरा नमिलेपछि बरिष्ठ नेताहरुले सचिवालय बैठकमा छलफल गरेर एउटै मत बनाउन नेतृत्वलाई दबाब दिएका छन् ।

नेकपा स्रोतका अनुसार अहिलेसम्म व्यक्ति तोकेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छैन । तर प्रचण्डले सभामुख कसलाई बनाउने भन्ने प्रस्ताव आफूले ल्याउन पाउनुपर्ने अडान राखेका छन् । प्रतिनिधिसभाको सभामुख यसअघि नै तत्कालीन माओवादीको भागमा परेकाले प्रचण्डले अबको सभामुख पनि आफूले प्रस्ताव गर्ने बताएका छन् ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्डले व्यक्ति तोकेर छलफल गरेका छैनन् । उनले सचिवालयमा आफूले नाम प्रस्ताव गर्ने मात्र बताएका छन् । तर नेताहरुले भने दुई अध्यक्षबीच सहमति गरेर एउटै नाम ल्याउन सुझाव दिएका छन् । सम्भवतः नेकपा सचिवालय बैठक शुक्रबार बस्नेछ ।

स्रोतले भन्यो- सभामुखमा दुई अध्यक्षबीच कुरा मिलिसकेको छैन । उहाँहरु आ-आफ्नै अडानमा हुनुहुन्छ । प्रचण्डले सभामुख मैले प्रस्ताव गर्ने हो यसमा ओलीजीले अप्ठेरो पारिदिनुभएन भन्ने आशय प्रकट गर्नुभएको छ । तर प्रधानमन्त्रीचाहिँ अबको संसद झनै पेचिलो बन्ने भएकाले सुवास नेम्वाङलाई बनाउन चाहानुहुन्छ ।

प्रचण्डले अग्नि सापकोटाको नाम अघि सार्ने अनुमान छ । प्रचण्डमाथि सभामुख पद पूर्व एमालेलाई नछाड्न दबाब छ । उनले ओली र अन्य नेताहरुसँगको भेटमा सभामुख प्रस्ताव गर्ने अधिकार आफूलाई दिन आग्रह गरेका छन् । पूर्व एमालेबाट सभामुख दाबी गर्न नमिल्ने प्रचण्ड पक्षका नेताहरुको भनाइ छ ।

सभामुख पनि छाडेको खण्डमा प्रचण्डबाट पूर्वमाओवादीहरुको संरक्षण हुन सक्दैन भन्ने मनोवैज्ञानिक सन्देश तलसम्म जाने ती नेताहरुको तर्क छ । ओली पक्षले भने पार्टी एक भइसकेको अवस्थामा पूर्वसमूह भनेर भागबण्डा नहुने बताइरहेको छ ।

नेकपा स्रोतका अनुसार सभामुखका अर्का दाबेदार देव गुरुङले केही नेतालाई भेटेर नेम्वाङ हुने हो भने आफूले केही नबोल्ने तर अरुको नाम आउँदा दाबी कायमै रहने बताएका छन् । गुरुङ नेकपाभित्र रामबहादुर थापा ‘बादल’ समूहका हुन् । उनी हाल नेकपा संसदीय दलको प्रमुख सचेतक छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले पनि आफू सभामुखको प्रमुख दाबेदार रहेको बताएकी छन् । उनले यही अडान कायम राखेर अहिलेसम्म राजीनामा दिएकी छ्रैनन् । सभामुख निर्वाचन प्रक्रिया शुरु हुनुअघि नै आफू निकास दिन तयार रहेको भन्दै उनले त्यसभन्दा पहिला पार्टीले आफूलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गर्नुपर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...