कांग्रेससँग मिलेर सडक आन्दोलन गर्ने बाबुराम भट्टराईको चेतावनी



हाम्रो इकोनोमि

 

समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले अब सडक आन्दोलन थाल्ने बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइएको समर्थन फिर्ता लिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा. भट्टराईले संविधान संशोधन र नागरिकतलाई लिएर सडक आन्दोलन गर्ने बताए ।

‘हामीले लामो समयदेखि संविधान र शासकीय स्वरुपमा असहमति राख्दै आएका छौँ’, उनले भने, ‘ओली नेतृत्वको सरकारले संविधान संशोधन गर्न मानेन । अब हामी प्रतिपक्षमा बसेर आन्दोलन गर्छौँ । अब सडक आन्दोलन गर्ने पालो आयो, हामी सडकमा जान्छौँ ।’ भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग मुद्दाका आधारमा सहकार्य हुने बताएका छन् ।

‘प्रतिपक्षमा भएपछि विचार र मुद्दा मिल्नेसँग मिल्नु नै धर्म हुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, प्रतिपक्षी राप्रपासँग विचार र मुद्दाका आधारमा सहकार्य हुन्छ,’ उनले भने ।

सभामुख चयन प्रक्रियामा समाजवादी पार्टीको कुनै लोभ नभएको पनि उनले बताए । ‘सभामुख चयन प्रक्रिया अब अघि बढ्ला । नेकपासँग बहुमत छँदैछ,’ उनले भने, ‘हाम्रोतर्फबाट कुनै लोभ छैन । आकांक्षा छैन ।’

प्रधानमन्त्री ओलीले संविधान संशोधन गर्न नमानेपछि समाजवादी पार्टीबाट मन्त्री बनेका यादव र मोहम्मद इस्तियाक राईले मंगलबार राजीनामा दिएका थिए । समाजवादीले बुधबार ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।

समाजवादीका अध्यक्ष उपेन्द्र यादवले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दुईतिहाइको दम्भ समाप्त भएको बताएका छन् । मंगलबार उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला पदबाट राजीनामा दिएका यादवले बुधबार पत्रकार सम्मेलनमा सरकार छाड्नुको कारणबारे बोलेका हुन् । सरकारमा कम्युनिस्ट मात्र होइन, अरु पनि छन् भन्ने अब नरहेको उनले बताए । समाजवादी बाहिरिनु पनि सरकारको अर्को असफलता भएको उनले उल्लेख गरे ।

समाजवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको कार्यकारिणी समिति बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष यादवले बताए । अब प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...