नाकाबन्दीका नाइके राजेन्द्र महतो सरकारमा जाँदै, गरे उपसभामुखको दाबी
समाजवादी पार्टी सरकारबाट बाहिरिदै गर्दा राष्ट्रिय जनता पार्टी भित्रने चर्चा सुरु भएको छ । यसको संकेत राष्ट्रियसभा चुनावमा नेकपा र राजपाबीचको गठबन्धनको सहमतिले गरिसकेको थियो । राजेन्द्र महतो राजपा अध्यक्षमण्डलको संयोजक भएलगत्तै एकपछि अर्को आश्चर्यचनक निर्णयहरु भइरहँदा उपसभामुखमा दाबी देखिइसकेको छ ।
महतो स्वयंले उपसभामुखको दाबेदारी प्रस्तुत गरेका थिए । उपसभामुखमा राजपाबाट महिलालाई लाने र त्यसमा चन्दा चौधरीलाई चयन गर्ने तयारी भइसकेको छ । राजपा सरकारमा जाने लगभग निश्चित भइसकेको छ । त्यसका लागि प्रधानमन्त्री ओलीसँग महतोले आन्तरिक सहमति गरिसकेका छन् ।
जानकारी अनुसार संविधान संशोधन, सभामुख र उपसभामुखमा एक अर्कालाई सघाउने देखि मन्त्रिमण्डलमा राजपाले पाउने मन्त्री र राज्यमन्त्री पनि सम्भावना देखिएको छ । राजेन्द्र महत्तोले बिगतमा लामो समयसम्म चलेको नाकाबन्दीमा मुख्य भुमिका निभाएका थिए ।
संविधान संसोधनको माग गर्दै सरकारमा गएको समाजवादी पार्टी सरकारबाट बाहिरीएको छ । उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले प्रधानमन्त्री समक्ष राजिनामा दिनु भएको हो । समाजवादी पार्टी नेपालका अध्यक्ष समेत रहेका यादबले मन्त्रीपरिषद्को बैठकबाट संविधान संशोधनको पूर्व तयारी स्वरुप लगेको प्रस्ताव अस्वीकार गरिएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको राजिनामा पत्रमा उल्लेख गरिएको छ ।

यसैबीच समाजवादी पार्टीबाट सरकारमा सहभागी अर्का मन्त्री मोहमद इश्तियाक राईले पनि पदबाट राजिनामा दिएको छ । उनी शहरी विकास मन्त्री थिए ।


