उपप्रधानमन्त्री उपेन्द्र यादवले दिए राजीनामा



हाम्रो इकोनोमि

 

उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् ।  संविधान संशोधन प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने प्रयास असफल भएपछि समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हाे ।

उपप्रधानमन्त्री तथा कानूनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मो. इस्तियाक राइले मंगलवार पदबाट राजीनामा दिएका हुन् ।

समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले सरकारसित भएको दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै राजीनामा दिएको जनाएका छन् ।

‘सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुादा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानूनमन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध छ ।’ पत्रमा भनिएको छ ।

यसअघि, मंगलबारै बिहान काठमाडौंमा उपलब्ध समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...