भारतीय राजदूतलाई देउवा निवासमा बिदाई भोज, अरु को को गए



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकाल सकेर फर्किन लागेका भारतीय राजदूतलाई आफ्नै निवासमा विदाई भोज दिएका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी आफ्नो तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा छन् । स्वदेश फर्किन लागेका पुरीलाई बुढानिलकण्ठस्थित निवासमा देउवामा बिदाई भोज दिएको छ । पुरी र उनकी पत्नीलाई देउवाले आफ्नो निवासमा बोलाएका थिए ।

देउवाले पुरीलाई दिएको बिदाई भोजमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु पनि बुढानीलकण्ठ पुगेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्रीप्रकाशमान सिंह बिदाई भोजमा सहभागी भएको स्रोतले बताएको छ ।

आफ्नो कार्यकाल पूरा भए पनि पुरी १५ पुसमा मात्र स्वदेश फर्किदैछन् । कार्यकाल सकिएपछि पुरीले नेपालका नेताहरुसँग बिदाई भेट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...