भारतीय राजदूतलाई देउवा निवासमा बिदाई भोज, अरु को को गए



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यकाल सकेर फर्किन लागेका भारतीय राजदूतलाई आफ्नै निवासमा विदाई भोज दिएका छन् ।

नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी आफ्नो तीनवर्षे कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा छन् । स्वदेश फर्किन लागेका पुरीलाई बुढानिलकण्ठस्थित निवासमा देउवामा बिदाई भोज दिएको छ । पुरी र उनकी पत्नीलाई देउवाले आफ्नो निवासमा बोलाएका थिए ।

देउवाले पुरीलाई दिएको बिदाई भोजमा नेपाली कांग्रेसका प्रभावशाली नेताहरु पनि बुढानीलकण्ठ पुगेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाश शरण महत, पूर्व महामन्त्रीप्रकाशमान सिंह बिदाई भोजमा सहभागी भएको स्रोतले बताएको छ ।

आफ्नो कार्यकाल पूरा भए पनि पुरी १५ पुसमा मात्र स्वदेश फर्किदैछन् । कार्यकाल सकिएपछि पुरीले नेपालका नेताहरुसँग बिदाई भेट गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...