राजा त्रिभूवनलाई हिटलरले यस्तो कार उपहार दिएका थिए



 

जर्मनका तत्कालिन शासक हिटलरले नेपालका राजा त्रिभूवनलाई दिएको उपहार नासो नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिने भएको छ । नेपालका राजाहरुले प्रयोग गरेका जहाज, हेलिकप्टर, बग्गीदेखि जर्मन शासक हिटलरले दिएको गाडी पनि संङ्ग्रहालयमा राखिने भएको छ ।

भ्रमण बर्ष २०२० लाई लक्षित गरी नेपाल सरकारले राजतन्त्रको सुरुवातदेखि दरबार हत्याकाण्डसम्मको इतिहास ध्वनी र प्रकाशका माध्यमबाट सार्वजनिक गर्ने तयारी पनि गरेको छ । पूर्वराजा र राजपरिवारका सदस्यहरुले प्रयोग गरेका सवै साग्रहीहरु प्रर्दशनीमा राख्ने तयारी भएको सङ्ग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहाल बताए ।

नारायणहिटी दरवार २०६५ साल फागुन १५ गते देखि सर्वसाधरणका लागि खुल्ला गरिएको थियो । तरपनि सवै साग्रगी र कोठाहरु खुल्ला गरिएका थिएनन् । भ्रमण बर्षलाई लक्षित गरी त्रिभुवनलाई हिटलरले उपहार दिएको गाडी, राजाका बग्गीहरू, राजाले प्रयोग गरेका सवारीसाधनहरू सबै प्रदर्शनीमा ल्याइने भएको छ ।

पूर्वराजाले प्रयोग गरेका हेलिकोप्टरहरु नेपाल सेनासँग छन् । ति हेलिकोप्टरहरु संङ्ग्रहालयलाई हस्तान्तरण प्रक्रिया चलिरहेको छ ।नारायणहिटी दरबार सात सय ५४ रोपनीमा फैलिएको छ। जसमा नेपाली सेनादेखि परराष्ट्र मन्त्रालय अन्तर्गतको एउटा कार्यालय पनि छन् ।

दरबार सङ्ग्रहालयको पूर्वतर्फ हालै गणतन्त्र स्मारक बताइएको छ। जहाँ दुईवटा स्टेडियमा पर्यटकहरूका लागि नेपालको संस्कृतिको पहिचान दिने विभिन्न सांस्कृतिक कार्यक्रम पनि गर्ने योजना पनि अगाडि सारिएको छ।

कार्यकारी निर्देशक दाहालले भने, ूविभिन्न जातजातिका सांस्कृतिक प्रस्तुतिहरू पर्यटकलाई देखाउने र २००७ सालको आन्दोलनका शहीदहरूको फोटोका माध्ययमबाट प्रदर्शनी गर्छौं। यी सबै गर्नुको पछाडि आर्थिक उपार्जन गर्ने र सङ्ग्रहालयको खर्च उठाउने लक्ष्य हो।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्