नेपालमै गर्ने भए प्रधानमन्त्री ओलीले मृगौला प्रत्यारोपण



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला पुसको अन्तिम साता नेपालमै प्रत्यारोपण हुने भएको छ । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणको विषयमा विभिन्न टिकाटिप्पणी भइरहेको सन्दर्भमा उनको मृगौला प्रत्यारोपण नेपालमै गरिने भएको बालुवाटार श्रोतले बताएको छ ।

 

प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडी मृगौला प्रत्यारोपण भएको थियो । मृगौलाले काम गर्न छोडेपछि मृगौलाको डायलाईसिस हुँदै आइरहेको छ । प्रधानमन्त्री ओलीलार्ई मृगौला दिनका लागि उनका भान्जा भान्जी तयार रहेका छन् ।

 

प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपणका लागि आवश्यक परामर्श भइरहेको प्रधानमन्त्री ओलीको निजी चिकित्सक डा. दिव्या सिंह शाहले जानकारी दिएकी छन् । प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण नेपालमै गर्ने गरी आवश्यक तयारी पनि थालिएको डा. शाहले बताएका छन् । मृगौला प्रत्यारोपण पछि तीन महिना आराम गर्नुपर्ने हुन्छ ।

 

यस्तो अवस्थामा सरकार वा पार्टीको जिम्मेवारी कसलाई दिने भन्ने कुराको पनि टुङ्गो लगाउने तयारी बालुवाटारले गरिरहेको जनाइएको छ । यस विषयमा छिट्टै आधिकारिक धारणा आउने पनि बालुवाटार श्रोतले बताएको छ । विदेशमा प्रत्यारोपण गर्ने कि नेपालमै गर्ने भनेर चिकित्सकहरु अन्तिम छलफलमा जुटिरहेका छन् । डाक्टरहरु अरुण सायमी, दिव्यासिंह शाह, प्रेम ज्ञवाली, दिलिप शर्मा लगायतको टोलीले यस सम्बन्धि निष्कर्ष निकाल्नेछ । नेपालमै प्रत्यारोपण गरिने भएमा विदेशका विशेषज्ञ चिकित्सकहरुको सहयोग लिइने भएको छ ।

 

यसअघि प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण अमेरिका वा सिंगापुरमा गर्ने गरी हल्ला चलेको थियो । यस्तै गत असोज २६ गते राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनफिङले चीनमा उपचार गर्न बोलाएका थिए भने भारतीय विदेशमन्त्री एस जय शंकरले नेपाल भ्रमणमा आएका बेला भारतमै मृगौला प्रत्यारेपण गर्नका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएको चर्चा पनि छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...