बियरले आयु बढाउँछ, दूधले रोगी बनाउँछः अध्ययन



हाम्रो इकोनोमि

 

 

हाम्रो नेपाली समाजमा मदिरा पिउनु स्वास्थ्यको लागि हानिकारक मानिन्छ । तर, दुध भने जन्मेदेखि नै एक–दुई गिलास खुवाउने बानी पारिएको हुन्छ । मदिरा सेवनले विभिन्न प्रकारका स्वास्थ्य समस्या पैदा गर्ने र मानिसको अकालमा ज्यान लिने गर्छ भन्ने गलत मान्यतामा ध्यान राख्दै आईएको छ । परिवार तथा समाजले वियर होइन दुध मत्रै पिउन पर्छ भन्ने आम मानसमा छाप राखिदिएको पाइन्छ । तर, पिपुल फर एथिकल ट्रिटमेन्ट अफ एनिमल ९पेटा० ले दूध पिउनुभन्दा बियर पिउँदा फाइदा हुने बताएको छ ।

 

पेटाका अनुसार बियर पिउँदा हड्डी मात्र होइन आयु पनि बढ्छ । शारीरिक र मानसिक स्वास्थ्यको विकासका लागि दूध फाइदाजनक हुन्छ । त्यसैले मानिसहरु हरेक दिन दुई वा तीन गिलास दूध पिउने गर्छन् । त्यति मात्र होइन, पेटाले दूधका विभिन्न बेफाइदाका बारेमा समेत उल्लेख गर्दै मोटोपन, डायबेटिज र क्यान्सर जस्ता रोगका कारण पनि दूध नै भएको जनाएको छ । पेटाले यस्तो दाबी हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको एउटा रिपोर्टको आधारमा गरेको हो ।

 

बियरलाई अल्कोहल बेभरेज मानिन्छ । यसमा प्रयोग हुने पोषक तत्वहरु गहुँ, मकै र धानले स्वास्थ्यलाई फाइदा पुर्याउने पेटाले उल्लेख गरेको छ । त्यसैगरी, बियरमा हुने ९० प्रतिशत पानी बाहेक फाइबर, क्याल्सियम र आइरनसमेतले शरीरलाई फाइदा पुर्याउँछ । बियरले शरीरका हड्डी बलियो बनाउँने काम गर्छ । मांसपेशी विकासको लागि पनि बियर फाइदाजनक मानिन्छ । त्यसैले, पेटाले बियर दूधभन्दा फाइदाजनक हुने बताएको छ । यद्यपि, बियरमा पनि मदिराको मात्रा हुने हुँदा धेरै सेवन गर्दा स्वास्थ्यमा गम्भीर असर पर्छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...