नेपालको अन्तरिक मामिलामा हात हाल्नु नै भारतको दुर्भ्याग्य: राकेश सुद



हाम्रो इकोनोमि

 

 

नेपाल भारत सम्बन्धका जानकार तथा पूर्वराजदूत राकेश सुदले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोज्नु नै भारतको गल्ति भएको बताएका छन् ।

बीबीसी हिन्दीले एउटा आलेको प्रकाशन गरेको छ र उक्त आलेखमा नेपालसमेत दक्षिण एशियाका मुलुकहरुमा भारतको सम्बन्ध बिग्रँदै गएको यो क्षेत्रका विश्लेषकहरुले जनाएका छन् ।

जसमा नेपालको आन्तरिक मामलामा भारतले बिनार्थ हात हाल्दा नेपालसंगको सम्बन्धमा चिसो पलाएको बताइएको छ । यसबारेमा एउटा लामो आलेख तयार पारेर यस सम्बन्धी चर्चा बीबीसीले गरेको छ ।

पछिल्लो समयमा आएर सार्क राष्ट्रमध्ये नेपाल, पाकिस्तान, बंगालदेश र अफगानिस्तानसँग भारतको सम्बन्ध बिग्रेको सो विश्लेषणमा उल्लेख गरिएको छ ।

नेपाल र अफगानिस्तानमा भारतका राजदूत रहिसकेका राकेश सुदले सो विश्लेषणमा भनेका छन्, ‘‘नेपालमा जब जब राजनीतिक अस्थिरता हुन्छ त्यतिबेला भारतलाई दोष दिने गरिएको छ ।’’

 

“सन् २०१५ मा नेपालमा नयाँ संविधान बन्नेवाला थियो त्यतिबेला तराई इलाकामा रहने मधेशीले यसको विरोध गरिरहेका थिए,” सुदले भनेका छन्,‘‘त्यसमा भारत सरकारको सहभागिता थिएन । विरोध बढ्यो र नेपालले भारतमाथि आर्थिक नाकाबन्दीको आरोप लगायो ।’’

 

उनले अगाडि भने,‘‘२०१५ मा जब नेपालले नयाँ संविधान पारित गर्ने तिथि घोषणा गर्यो त्यो समय भारतले विदेश सचिवलाई सार्वजनिक रुपमा नै नेपाल पठायो । त्यसको मतलब तपाईँहरु यसो नगर्नुस् भन्ने सन्देश दिनका लागि थियो । कुनै पनि देशमा यसो गर्दा बहुत नै गलत सन्देश जान्छ । यसको बारेमा हामीले थोरै सोच्नु जरुरी थियो । ’’

 

उनले भनेका छन्, ‘‘विश्वभरीबाट नेपालको संविधानको स्वागत भयो तर भारतको तर्फबाट केही पनि बोलिएन । भारतले भनेको थियो–हामीलाई जानकारी मिलेको छ । यो अलि सहज भएन । यसमा भारतले ध्यान दिनुपर्छ । असमझदारी जहाँ छ त्यसलाई हटाउनुपर्छ । भारत र नेपालको बीचमा जस्तो सम्बन्ध छ त्यसलाई बिग्रन दिनु हुँदैन । यो कसैको पनि हितमा छैन ।’’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...