चैते कमरेडहरुको घाँटीमा चिल्ला सुन, त्यागी कमरेडहरुको शरीरमा गोली र खुन – लेखनाथ न्यौपाने



हाम्रो इकोनोमि

 

 

हाम्रो संविधान, प्रशासन र समाजले पनि यही चैते जस्ता पात्र र प्रवृत्तिलाई सलाम ठोक्छ । चैते माओवादी, माओवादी ठूलो भएपछि मौका खोज्दै छिरेकाहरु ! भर्जिन माओवादी, शुरुदेखि आर्दश पछ्याएर लागेकाहरु तर यसभित्र पनि चैतेहरु जन्मने प्रक्रिया बाक्लिो छ ।

आज यि दुबैथरी सत्ताधारी नेकपाका सदस्यहरु । चैते माओवादी बनेर सम्पत्ति थोपरेका कमरेड र कम्यनिस्ट पार्टीको सदस्य भएपछि आदर्श मर्न दिनुहुँदैन भनेर लागिरहने कमरेड छिमेकी बनेका छन् तर फरक के छ भने चैते कमरेड भव्य ३ तले आफ्नै घरमा बस्छन् भने आदर्श कमरेड चैतेको छिमेकीको घरको छिडींको डेरामा ।

कमरेडहरूको समाज पनि फरक छ । घरपतिको समाज डेरावालसँग हुने कुरै भएन!उनी घरवाला समाजमा । डेरावालको त न डेरावालसँग न घरपतिहरूको समाजसँग !

चैते कमरेड गर्मीमा एसी लगाएर कोठामा र जाडोमा कौसीको झोलुङ्गे कुर्सीमा बसेर घाम ताप्छ तर आर्दश कमरेड जाडोको घाम मेरा लागि होइन ?भनेर मनलाई दृढ त बनाउँछ तर पुस माघमा लुगा सुकाउने ठाउँ नपाउँदा उसको दृढ मन डग्मगाउन खोन्छ ।

चैते कमरेड वागमति अञ्चलको २१ लटको सुविधासम्पन्न गाडी चढृछ र पार्टी मिटिङ पुग्छ । खादा र माला घाँटीभरि लगाएर वर्गीय मुक्ति र कम्यनिस्ट आदर्शको भाषण ठोक्छ ।

हाम्रो संविधान, प्रशासन र समाजले पनि यही चैते जस्ता पात्र र प्रवृत्तिलाई सलाम ठोक्छ । आदर्श कमरेड शरिरभरि वमका छर्रा बोकेर सार्वजनिक यातायातबाटै पार्टी मिटिङ र कामहरु भ्याउँछ तर उसलाई न संविधानले चिन्छ न त प्रशासन र समाजले नै ।

कम्युनिस्टहरुका विचार अनुसार कैे चित्र र चरित्र हुनुपर्छ भन्ने कम्युनिस्ट आदर्शको व्याख्या गर्छ र आफ्नो जीवन व्यवहारमा उतार्छ ।

चैते कमरेडको गलाको सुनको साङ्लो र सबै औंलामा बेरिएका सुनका अगुठी देखेर पैसा फल्ने बोट पनि हुन्छ कि क्या हो ?आफ्नै मनलाई व्याङ्य गर्छ एकातिर भने अर्कोतिर वर्गीय आन्दोलनभित्र कसरी सीमित मान्छेहरुको वर्ग उत्थान; हुँदोरहेछ भनेर चैते कमरेडको चित्र देखेर गम्भीर हुन्छ ।

 

निष्कर्ष निकाल्छ कि अकूत सम्पत्तिवाल कमरेड पनि १००० वर्ष बाँच्ने होइन ?

कम्युनिस्ट आन्दोलनमा इमान्दार पुस्ता जन्माउन सकियो भने यस्ता पात्रलाई पूँजीपति वर्गको सेवामा जन्मेका कथित कम्यनिस्ट भनेर पुस्तौपुस्तासम्म प्रचार गर्नेछन्! कम्युनिस्ट आन्दोलनमा लागेर अकूत सम्पत्ति कमाउने कमरेड पटक पटक मर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...