पौडेल समूहका १७ जिल्ला सभापतिहरूको काठमाडौंमा गोप्य बैठक, कता जाँदैछ कांग्रेस



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले जिल्ला सभापतिहरूको भेला बोलाएको छ । पौडेल समूहका १७ जिल्ला सभापतिहरूको काठमाडौंमा आइतबार बसेको गोप्य बैठकले माघ महिनामा सभापतिहरूको भेला गर्ने निर्णय गरेको हो । पौडेल समूहका जिल्ला सभापतिहरूको भेलामा नेता कृष्णप्रसाद सिटौला समूहका सभापतिहरूको पनि उपस्थिति रहेको थियो ।

 

१४औँ महाधिवेशनको कार्यतालिका र भ्रातृसंस्थाको भागबण्डालाई लिएर पार्टीभित्र पौडेल सामूहले बखेडा निकालेर केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरिरहेका बेला जिल्ला सभापतिहरूको भेला माघमा गर्ने निर्णय भएको छ ।

 

नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति मधु आचार्यले जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको बताएका छन् । पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको जनाइ छ ।

 

आइतबारको बैठकमा सहभागी काभ्रे, नुवाकोट, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, सिन्धुपाल्चोक, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिहरूले भागबण्डा दिने र माग्ने काम बन्द गर्न सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्ष नेतालाई अपील गरेका छन् ।

 

‘पार्टीभित्र भाग खोज्न हुन्न, दिन पनि हुन्न’, काभ्रे कांग्रेसका सभापति आचार्यले भने, ‘योग्य र क्षमताका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो ।’

 

सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ । देउवाले गत मंसिर २६ को केन्द्रीय कार्यसमिति बैठकमा विधानको संख्या थपेर गठन गर्ने एजेन्डा प्रस्तुत गरेका छन् ।

आवश्यक देखिएमा विधानको संख्या केन्द्रीय कार्यसमितिको बहुमतबाट बढाउन सकिने भएपनि विभाग गठन विधानविपरीत हुन्छ ।

एक वर्षअघि महासमिति बैठकले संशोधन गरेको विधानमा महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र विभाग गठन भइसक्नुपर्ने व्यवस्था छ । सभापति देउवाले केन्द्रीय कार्यसमितिको चार वर्षको कार्यकाल सकिने बेलामा विभाग गठनको एजेण्डा अघि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...