नेकपा कैलाली अध्यक्ष थापाको अर्को काण्ड



 

काण्डैकाण्ड मच्चाएर चर्चामा आउने गरेका नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाको अर्को काण्ड बाहिरिएको छ । थापाले तत्कालिन सांसद मोहनसिंह राठौरको संसद विकास समिति अन्र्तगतको सडक बनाउदा तीन वर्षअघि १० प्रतिशत लिएको खुलासा भएको छ । लम्की चुँहा नगरपालिकाको वडा नम्बर १ खानेपानीटंकीबाट राजकाडा पर्यटकीय क्षेत्रमा जाने सडकमा काम गरे बाफतको १० प्रतिशत १० लाख सांसद थापाले हजम गरेको ठेकेदार नारायण पराजुलीले बताए ।

 

उनका अनुसार थापा अध्यक्ष भएको उपभोक्ता समिति र उनकै पहलमा बनेको ध्वजबहादुर शाही अध्यक्ष रहेको अर्को समितिबाट गरेर एक करोडको काम भएको थियो । दुईवटै समितिको काम १० समितिबाट सांसद थापाले नै तत्कालिन जिल्ला विकास समितिका कर्मचारीलाई पनि दिनुपर्छ भनेर पैसा लगे तर कर्मचारी मिलाएनन् । कर्मचारी नमिलाउदा अनेक वाहाना गरेर ४७ लाख रुपैयाँ भुक्तानी भएन ठेकेदार प्याकुरले भने एक करोडको काम गर्दा ५७ लाख फसेपछि म सडकमा आएको छु ।

 

अहिलेसम्म पनि सांसद थापालाई त्यो रकम माग्छु कर्मचारीलाई दिए भन्छन कर्मचारीले पाएनौ भन्छन् । कर्मचारीले भुक्तानीमा गाह्रो पार्छन भनेर रकम लगे कम्यूनिष्ट नेताले त्यसरी आफै खालान भन्ने लागेको थिएन उनले भने पैसा पनि लगे भुक्तानी नहुँदा मलाई पनि डुवाए । नेकपाका अध्यक्ष थापा यसअघि पनि डार्लिङ तिमी सित सबै भइसकेको छ नि भन्ने अडियो बाहिर आएको थियो ।

 

परस्त्रीसंग जोडिने थापाले दुई विवाह गरेका छन । उनले जेठी श्रीमति र दुई छोरालाई अंश समेत नदिएर अलपत्र पारेका छन । भने कान्छी श्रीमति टीका थापालाई लम्की चुँहा नगरपालिकाको उपमेयर बनाएका छन । केही महिना अघिको थापा र उनकी प्रेमिकाको त्यो अडियो र अहिलेको ठेकेदारको खुलासाको अहिलेको अडियो कैलालीका नेकपाका कार्यकर्ताको हातहातमा छ ।

 

विवादमा आइरहने थापाको राजिनामा मागिएला ?अहिले नेकपाकै नेता कार्यकर्ता प्रश्न गर्छन । उनले भने आफू साढे हुँ कसैले हल्लाउन सक्दैन भन्न थालेका छन ।

 

 

जो शक्तिमा आयो उसको निकट हुने थापा आफू अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको मान्छे भएकोले कसैले हल्लाउन नसक्ने बताउने गर्छन । यस्तै कृयाकलापले गर्दा पार्टी कार्यालयमा रहेको नेम प्लेटमा अनैतिक अध्यक्ष समेत लेखेर टासिएको थियो ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  १६ : ०४  बजे

प्रतिक्रिया दिनुहोस
नेकपा एसमा वामदेवलाई तेस्रो वरीयता

    नेकपा एकीकृत समाजवादी र नेकपा राष्ट्रिय एकता अभियानबीच पार्टी एकता घोषणा

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

    प्रभु हेलिकप्टर स्थापनाको १०औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा

वरिष्ठ उपाध्यक्ष र महासचिव पोखरेलबीच जुहारी

    नेकपा एमालेको विधानमाथि छलफल गर्न बसेको सचिवालय बैठक हिजो करिब १०

ईश्वर पोखरेलले ओलीलाई भने अब तपाईंले छोड्नुस्

    विधान महाधिवेशनको एजेण्डामाथि छलफल गर्न बसेको नेकपा एमाले सचिवालयको बैठक १०