नेकपा कैलाली अध्यक्ष थापाको अर्को काण्ड



हाम्रो इकोनोमि

 

काण्डैकाण्ड मच्चाएर चर्चामा आउने गरेका नेकपा कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य रतन थापाको अर्को काण्ड बाहिरिएको छ । थापाले तत्कालिन सांसद मोहनसिंह राठौरको संसद विकास समिति अन्र्तगतको सडक बनाउदा तीन वर्षअघि १० प्रतिशत लिएको खुलासा भएको छ । लम्की चुँहा नगरपालिकाको वडा नम्बर १ खानेपानीटंकीबाट राजकाडा पर्यटकीय क्षेत्रमा जाने सडकमा काम गरे बाफतको १० प्रतिशत १० लाख सांसद थापाले हजम गरेको ठेकेदार नारायण पराजुलीले बताए ।

 

उनका अनुसार थापा अध्यक्ष भएको उपभोक्ता समिति र उनकै पहलमा बनेको ध्वजबहादुर शाही अध्यक्ष रहेको अर्को समितिबाट गरेर एक करोडको काम भएको थियो । दुईवटै समितिको काम १० समितिबाट सांसद थापाले नै तत्कालिन जिल्ला विकास समितिका कर्मचारीलाई पनि दिनुपर्छ भनेर पैसा लगे तर कर्मचारी मिलाएनन् । कर्मचारी नमिलाउदा अनेक वाहाना गरेर ४७ लाख रुपैयाँ भुक्तानी भएन ठेकेदार प्याकुरले भने एक करोडको काम गर्दा ५७ लाख फसेपछि म सडकमा आएको छु ।

 

अहिलेसम्म पनि सांसद थापालाई त्यो रकम माग्छु कर्मचारीलाई दिए भन्छन कर्मचारीले पाएनौ भन्छन् । कर्मचारीले भुक्तानीमा गाह्रो पार्छन भनेर रकम लगे कम्यूनिष्ट नेताले त्यसरी आफै खालान भन्ने लागेको थिएन उनले भने पैसा पनि लगे भुक्तानी नहुँदा मलाई पनि डुवाए । नेकपाका अध्यक्ष थापा यसअघि पनि डार्लिङ तिमी सित सबै भइसकेको छ नि भन्ने अडियो बाहिर आएको थियो ।

 

परस्त्रीसंग जोडिने थापाले दुई विवाह गरेका छन । उनले जेठी श्रीमति र दुई छोरालाई अंश समेत नदिएर अलपत्र पारेका छन । भने कान्छी श्रीमति टीका थापालाई लम्की चुँहा नगरपालिकाको उपमेयर बनाएका छन । केही महिना अघिको थापा र उनकी प्रेमिकाको त्यो अडियो र अहिलेको ठेकेदारको खुलासाको अहिलेको अडियो कैलालीका नेकपाका कार्यकर्ताको हातहातमा छ ।

 

विवादमा आइरहने थापाको राजिनामा मागिएला ?अहिले नेकपाकै नेता कार्यकर्ता प्रश्न गर्छन । उनले भने आफू साढे हुँ कसैले हल्लाउन सक्दैन भन्न थालेका छन ।

 

 

जो शक्तिमा आयो उसको निकट हुने थापा आफू अहिले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको मान्छे भएकोले कसैले हल्लाउन नसक्ने बताउने गर्छन । यस्तै कृयाकलापले गर्दा पार्टी कार्यालयमा रहेको नेम प्लेटमा अनैतिक अध्यक्ष समेत लेखेर टासिएको थियो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...