राजपा सरकारमा जाने, महतो सहित को को हुँदैछ मन्त्री



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा) सँग दुई बुँदे सहमति गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय सरकारमा सहभागी हुने संकेत गरेको छ । केही दिनअघि सरकारको प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पनि राजपा सरकारमा आउने खुलासा गरेका थिए ।

सत्तासाझेदार दल समाजवादी पार्टी सरकारबाट बाहिरिने र प्रतिपक्षी दलका रुपमा रहेको राजपा नेपाल सरकारमा सहभागी हुने चर्चा चदिलरहँदा राजपाका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिपछि सरकारसँगको सहकार्यका थप ढोकाहरू खुल्दै जाने विश्वास व्यक्त गरेपछि राजपा सरकारमा सहभागी हुने सम्भावना बलियो हुँदै गएको बताइन्छ ।

सहमतिलाई लिएर संघीय सरकारमा आफूहरूको सहभागिता र प्रदेश २ सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको उनले स्पष्ट पारेका छन् ।

हिजो(शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै संयोजक महतोले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच संवाद जारी राख्ने बताए ।

उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात संवादहीनताको अवस्थाको भने अन्त्य गरेको स्पष्ट पारेका छन् । उनले भने– ‘हामीले सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था थियो । यो २ बुँदे सहमतिले संवादहीनताको अन्त्य र तोड्ने काम गरेको छ ।’

कार्यक्रममा महतोले आफ्ना मागप्रति सरकाले लचकता देखाउनुपर्ने बताए । राजपाले उठाएको संविधान संशोधनको माग, नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झूठा मुद्दा फिर्ताको माग, रेशम चौधरीको रिहाइलगायतका माग रहेको सकारात्मक भए आफूहरु पनि सकारात्मक हुने बताए ।

यस्तै उनले एक फरक प्रसंगमा राजपा र समाजवादी पार्टीबीचको एकताको ढोका खुल्लै रहेको पनि स्पष्ट पारे ।

कार्यक्रममा महतोले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट हल गरिनुपर्नेमा जोड दिए । उनले भने– ‘दूतावासमा पुत्ला दहन गरेर समस्याको समाधान हुँदैन, यो समस्या समाधान गर्ने दायित्व सरकारभित्र पर्छ ।’

महतोले पार्टीको महाधिवेशनको लागि आफूहरू तयारीमा जुटेको पनि स्पष्ट पारे । उनले भने – ‘साधारण प्रक्रियामा जाने कि विशेष महाधिवेशन गर्ने यी दुवै विषयमा हामी खुल्ला छौं । यी दुईमध्ये कुनै पनि महाधिवेशन गर्छौं, यसमा कुनै समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस
लघुवित्त पीडितको माइतीघरमा आमरण अनशन

    लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको दबाब...

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै बैंक खाता खोल्ने व्यवस्था

    ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता खोल्न सकिने...

पहिरोले मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

     मुग्लिन–नारायणगढ सडक खण्डको खहरे खोला नजिकै सुक्खा पहिरो जाँदा सवारी आवागमन...

इनड्राइभ ड्राइभिब नारी नेपाल प्रमाणपत्र प्रदान

    विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिब पेसामा अघि बढ्न...