कमल थापाले भने राजाको सम्पतिमा कथित नवराजाहरुले ब्रम्हलुट मच्चाए



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको सम्पतिमा कथित नवराजाहरुले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । गोकर्ण रिसोर्ट प्रकरणलाई लिएर अध्यक्ष थापाले यस्तो टिप्पनी गरेका हुन् ।

राजा र राजपरिवारका नाममा रहेको सम्पति राष्ट्रियकरण गरिएको थियो । नेपाल ट्रष्टका नाममा राष्ट्रियकरण गरिएको सम्पति परिर्वतनका कथित सम्वाहकहरुले ब्रम्हलुट मच्चाएको उनले बताए छन् ।

‘राजसंस्था पाखा लगाईयो । राजाको सम्मति राष्ट्रियकरण गरियो । त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसंग मिलेर परिवर्तनका संवाहक कथीत “नवराजाहरु”ले ब्रम्हलुट गरिरहेका छन् ’ अध्यक्ष थापाले भने । उनले ‘परिवर्तन यही हो ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

पूर्वराजाको नाममा रहेको गोकर्ण रिसोर्टको जमिन सरकारले यति होल्डिङसलाई दिएपछि थापाले आक्रोस पोखेका छन् । उनले राष्ट्रिय सम्पतिमाथी ब्रम्हलुट मच्चाउनेलाई आफु शक्तिमा आए कारवाही गर्ने चेतावनी पनि दिएका छन् ।

‘आमजनता पार्टीको रैतिभन्दा माथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई कानुनको कठघरामा उभ्याउनेछन्’ कडाशैलीमा अध्यक्ष थापाले भनेका छन् । नेपाली नागरिक पार्टीको रैति नभएका दिन र आफु सत्तामा आए उनीहरुलाई कारवाही गर्ने थापाले संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...