कमल थापाले भने राजाको सम्पतिमा कथित नवराजाहरुले ब्रम्हलुट मच्चाए



हाम्रो इकोनोमि

 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजाको सम्पतिमा कथित नवराजाहरुले ब्रम्हलुट मच्चाएको आरोप लगाएका छन् । गोकर्ण रिसोर्ट प्रकरणलाई लिएर अध्यक्ष थापाले यस्तो टिप्पनी गरेका हुन् ।

राजा र राजपरिवारका नाममा रहेको सम्पति राष्ट्रियकरण गरिएको थियो । नेपाल ट्रष्टका नाममा राष्ट्रियकरण गरिएको सम्पति परिर्वतनका कथित सम्वाहकहरुले ब्रम्हलुट मच्चाएको उनले बताए छन् ।

‘राजसंस्था पाखा लगाईयो । राजाको सम्मति राष्ट्रियकरण गरियो । त्यो राष्ट्रिय सम्पतिलाई व्यापारीसंग मिलेर परिवर्तनका संवाहक कथीत “नवराजाहरु”ले ब्रम्हलुट गरिरहेका छन् ’ अध्यक्ष थापाले भने । उनले ‘परिवर्तन यही हो ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

पूर्वराजाको नाममा रहेको गोकर्ण रिसोर्टको जमिन सरकारले यति होल्डिङसलाई दिएपछि थापाले आक्रोस पोखेका छन् । उनले राष्ट्रिय सम्पतिमाथी ब्रम्हलुट मच्चाउनेलाई आफु शक्तिमा आए कारवाही गर्ने चेतावनी पनि दिएका छन् ।

‘आमजनता पार्टीको रैतिभन्दा माथि उठेर स्वाभिमानी नागरिक भएको दिन अपराधिलाई कानुनको कठघरामा उभ्याउनेछन्’ कडाशैलीमा अध्यक्ष थापाले भनेका छन् । नेपाली नागरिक पार्टीको रैति नभएका दिन र आफु सत्तामा आए उनीहरुलाई कारवाही गर्ने थापाले संकेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...