सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस, त्यहाँ सरकारले झण्डा गाड्छ: मन्त्री अर्याल



हाम्रो इकोनोमि

 

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी र सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्नुपर्ने बताएकी छन्।

चितवनको रत्ननगर नगरपालिकाले शनिबार गरेको कार्यक्रममा उनले सरकारी तथा सार्वजनिक जग्गा दोहन र अतिक्रमण भइरहेको भन्ने व्यापक जनगुनासो सुनिएको पनि बताइन्। ‘देशभरिका सरकारी र सार्वजनिक जग्गा संरक्षणको अभियानमा हामी छौं,’ उनले भनिन्।

व्यक्ति र संस्थाले अनाधिकृत रूपमा सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेकोले ती जग्गा पहिचान गरी संरक्षण गर्नुपर्ने उनले बताइन्।

जग्गा पहिचान गर्ने प्रमुख दायित्व स्थानीय सरकार हो। जनप्रतिनि हो,’ उनले भनिन्, ‘स्थानीय पालिकाले पहिचान गरेको जग्गामा सरकारले झण्डा गाड्छ। किला ठोक्न म आफैँ आउनेछु।’ उनले अतिक्रमणमा परेका जग्गा फिर्ता ल्याउने अभियान सरकारले सुरू गरिसकेको पनि बताइन्।

‘कसैको डर र धम्कीबाट नडराउनुहोस्,’ उनले भनिन्। सरकारले माघभित्र भूमि सम्बन्धी शक्तिशाली आयोग बनाउने पनि उनले उल्लेख गरिन्।

सरकारले गठन गरेका आयोगले हालै बुझाएको प्रतिवेदनबाट ४३ सय विघा जमिन अतिक्रमणमा परेको देखिएको उनले जानकारी दिइ

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...