नेपाली सेना कालापानीमा, भारतको गयो सातो



हाम्रो इकोनोमि

 

चिसोले कालापानी क्षेत्र रहेको व्यास गाउँपालिका–१ छाङरु र तिंकरगाउँ बस्तीविहीन छन् । त्यहाँ रहेका प्रहरी चौकी पनि दुई साताअघि छाङ्रुबाट करिब ५१ किलोमिटर दक्षिणतिर व्यास गाउँपालिका–२ दुम्लिङ सारिएको छ । यसबीचमा नेपाली सेनाको टोली भने दुईपटक कालापानी क्षेत्र पुगेर जानकारी लिएको छ ।

नेपालको बाटो भएर नेपाली सेनाको टोली करिब दुई साता अगाडि छाङरुसम्म पुगेको थियो । अर्को टोली शुक्रबार दुम्लिङ क्षेत्रमा पुगेको जनप्रतिनिधिले बताएका छन् । पहिलो टोली सेनाको हेडक्वार्टरबाटै खटिएको थियो । दोस्रो टोली पनि प्राविधिकसहित स्थलगत अध्ययनमा गएको जनाएको छ ।

सेनालाई खलंगा–तिंकर सडक निर्माणको जिम्मेवारी दिने तयारी भइरहेको छ । त्यसैको अध्ययनका लागि सेनाको प्राविधिक टोली कालापानी क्षेत्रको अध्ययनमा गएको जनाएको छ ।

दुम्लिङभन्दा उत्तरतिरको बाटोको अवस्थाको अध्ययन, त्यस क्षेत्रमा सडक निर्माण गर्दा आवश्यक पर्ने जनशक्ति र विस्फोटक पदार्थको भण्डारणका लागि अध्ययन गर्न सेनको प्राविधिक टोली स्थलगत अध्ययनमा गएको जनाएको छ ।

स्थानीय सरकारसाग समन्वय र सहकार्य गरेर टोली त्यहाा पुगेको हो । यसैबीच, व्यास गाउँपालिका–२ दुम्लिङदेखि व्यास–१ छाङरुसम्म जोड्ने घोडेटो बाटो निर्माणको तयारी थालिएको छ । केही दिनमै सर्भेका लागि टोली आउने र त्यसले दिने प्रतिवेदनका आधारमा बजेट विनियोजन हुने सांसद गणेशसिह ठगुन्नाले बताए ।

त्यस्तै, व्यास गाउँपालिका–१ गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) रहने भएको छ । मन्त्रिपरिषद् बैठकले बिओपी स्थापनाका लागि जिल्लास्तरबाट सिफारिस भई प्रस्ताव गरिएको जमिन दर्ता गर्न स्वीकृति दिएको सांसद ठगुन्नाले बताए ।

‘जग्गा प्राप्तिसागै त्रिदेशी सीमा क्षेत्र, कालापानी नजिक सशस्त्रको बिओपी स्थापना हुनेछ,’ उनले भने । बिओपी निर्माणका लागि सशस्त्र प्रहरीको ५० नम्बर गुल्मलाई एक करोड रुपैयाा निकासा भएको छ । १५ रोपनी जग्गा सशस्त्र प्रहरीको नाममा दर्ता भएसागै बिओपी निर्माण गर्ने बाटो खुलेको गुल्मपति डम्बरबहादुर विष्टले बताए ।

गागामा सशस्त्र प्रहरीले भवन, खाद्यान्न भण्डारण, घेरापर्खाल, सुरक्षा निगरानी पोस्ट, प्रवेशद्वार, प्रतिक्षालय, जमिन संरक्षण, जेनरेटर खरिद तथा सौर्य उर्जा प्रणाली जडान गर्ने जनाएको छ ।

प्रहरीसमेत नरहेको कालापानी क्षेत्रमा सैनिक टोली पुगेको र दुम्लिङदेखि छाङरुसम्मको बाटो निर्माण सुरु भएपछि स्थानीय बासिन्दा खुसी भएका छन् । बाटो बनेपछि आवतजावत गर्न सहज हुने स्थानीय बासिन्दा हरकसिंह बुढाथोकीले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...