मोदीले पाकिस्तानमाथी आक्रमण गर्न खोजे–इमरान खान



हाम्रो इकोनोमि

 

भारतमा चलिरहेको आन्दोलनलाई मत्थर पार्न पाकिस्तानमाथी जतिबेला पनि हमला हुनसक्ने भन्दै प्रधानमन्त्री इमरान खानले देशबासीलाई सजग बनाएका छन् । नागरिकता विधेयकलाई लिएर यतिबेला भारतमा चर्काे आन्दोलन भइरहेको छ भने डेढ दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ ।

भारतभर भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध भइरहेका बेला पाकिस्तानमाथी आक्रमण हुन सक्ने आशंका इमरान खानले गरेका छन् । पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीट गर्दै भारतमा भइरहेको प्रर्दशनलाई मत्थर पार्न जतिबेला पनि सैन्य कारवाही हुन सक्ने बताए । उनले भारतका सेना प्रमुखले आक्रमणको पुष्टी गरेको दावी पनि गरेका छन् ।

गत बुधवार भारतीय सेनाका प्रमुख जनरल विपिन रावतले कश्मिरको सीमा अवस्था कुनैपनि बेला फेरिन सक्ने बताएका थिए । त्यसका लागि तयार रहन भारतीय सेनालाई निर्देशन पनि दिएका थिए । त्यही आधारमा पाकिस्तानका प्रधानमन्त्रीले पाकिस्तानमाथी आक्रमण हुनसक्ने बताएका छन् ।

‘भारतीय सेनाले कश्मिमलाई कैद गरेको छ र जब त्यो प्रतिबन्ध हटाइन्छ तब रक्तपात हुने आशङ्का छ। भारतमा बढिरहेको विरोध प्रदर्शनले पाकिस्तानमाथि खतरा बढेको छ र भारतीय सेना प्रमुखको भनाइले त्यो चिन्तालाई पुष्टि गर्छ’ पाकिस्तानका प्रधानमन्त्री खानले ट्वीटमा भनेका छन् ।

पाकिस्तानका प्रधानमन्त्री खानले भारतलाई मोदीले हिन्दू राष्ट्र बनाउन खोजेको आरोप लगाएका छन् । ‘भारतलाई हिन्दू राष्ट्रवादको भावना बहकाएर आन्तरिक विरोधलाई मन्थर गर्न कुनै कारबाही गरेमा पाकिस्तानका सामु त्यसको जवाफ दिनुभन्दा अरू विकल्प छैन’ उनले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...