विप्लवले गाउँपालिका अध्यक्ष र उनकी श्रीमती अपहरण गर्यो



हाम्रो इकोनोमि

 

दैलेखको ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही र उनकी श्रीमती इला अपहरणमा परेका छन् । ठाँटीकाँध गाउँपालिका वडानम्बर २ श्रीपाटामा रहेको घरबाटै उनीहरु अपहरणमा परेको प्रहरीले जनाएको छ ।

उनीहरु आइतबार बिहानपख १ बजेतिर अपहरणमा परेको जानकारी दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले  दिए ।

अपहरणमा विप्लव समूहको संलग्नता रहेको आशंका गरिएको छ, यद्यपि खुलेको छैन । सहायक प्रजिअ क्षेत्रीले  भने, ‘कसले अपहरण गर्‍यो, कता लग्यो भन्ने खुलेको छैन, अपहरणको सूचना पाएपछि बुझ्दै छौं ।’

यसअघि गाउँपालिका अध्यक्षका भाइ हस्तबहादुर शाहीलाई पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताहरुले अपहरण गरेर केही दिनपछि छाडेका थिए । गाउँपालिका अध्यक्ष धीरबहादुरकी श्रीमती इला शिक्षण पेशामा संलग्न छिन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...