साउदीले एकैपटक ४० लाख विदेशी कामदार निकाल्ने



हाम्रो इकोनोमि

 

मलेशिया लगायतका देशहरुसँग सम्बन्ध विस्तार नगर्न साउदी अरबले पाकिस्तानमाथि कडा दबाब दिएको खुल्न आएको छ । साउदीले पाकिस्तानले आफुले भनेको अनुसार नगरे साउदीमा रहेका झण्डै ४० लाख पाकिस्तानीलाई लखेट्ने बताएको गम्भीर खुलासा भएको हो ।

 

केही दिन पहिले मलेशियामा सञ्चालन भएको क्वालालम्पुर समीट–२०१९ मा यो कुरा बाहिर आएको हो । यसमा सुरुमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान पनि सहभागी हुने भनिएको थियो तर साउदीको दबाबले गर्दा उनी जान सकेनन् । यस विषयमा जानकारी दिदै टर्कीका राष्ट्रपति रजेप तैयप एर्दोगानले यस्तो खुलासा गरेका हुन् । लामो समय देखि साउदीसँग टर्की, मलेशिया, इरान र कतार लगायतका मुस्लिम देशहरुको सम्बन्ध राम्रो छैन ।

यी देशहरुका अनुसार साउदी अमेरिका र इजरायलको इशासामा काम गर्दै आइरहेको छ । साउदीले पाकिस्तानलाई अर्बौ डलर आर्थिक सहायता दिएको कारण पनि उस्ले पाकिस्तानमाथि दबाब दिने गरेको हो । पाकिस्तानले यो झगडालाई मिलाउन धेरै प्रयास गरेको भए पनि सफल भएको छैन । पाकिस्तानी प्रधानमन्त्री खान क्वालालम्पुर समीट९केएल० –२०१९ मा नगएपछि पाकिस्तानमा मात्रै नभई विश्वभर भएका एक धार मुसलमानहरुले दुःख व्यक्त गरेका छन् ।

 

यदी खानले साउदीको कुरालाई वेवास्ता गर्दै मलेशियाका प्रधानमन्त्री महातिर बिन मोहम्मदसँग भेट गरेको भए ४० लाख नेपाली एकै झट्कामा बेरोजगार हुनुका साथै पाकिस्तानको अर्थतन्त्र तहसनहस हुन्थ्यो । साउदी राजकुमार मोहम्मद बिन सलमानले खानलाई पाकिस्तानीलाई लखेटेर बंगलादेशबाट कामदार ल्याउने धम्की दिएको एर्दोगानले स्पष्ट पारेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...