को हुन् महरालाई कारागारमा कोशीको माछा खुवाउने डीएसपी ?



हाम्रो इकोनोमि

 

भीभीआईपी यौन काण्डमा परेर पूर्वसभामुख अहिले दिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि उनलाई गत असोज १९ गते सभामुख निवास बालुवाटारबाटै प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौं जिल्ला अदालतले र्पुपक्षका लागि थुनामा राखी अनुसन्धान गर्न आदेश दिएसँगै उनी डिल्लीबजार कारागार लगिएका हुन् ।

अहिले उनी मुद्दा काठमाडौं जिल्ला अदालतको विरुद्ध उच्च अदालत पाटनमा बहस भईरहेको छ । उनको मुद्दामा बिहिबार सुनुवाई भए पनि समयअभावका कारण टुङ्गिएन ।

डिल्लीबजार कारागारमा रहेका महरालाई भेट्न दिनहुँ नेकपाका नेता तथा कार्यकर्ताहरूको निकै भीड लाग्ने गर्छ । नेकपाका सांसदहरू पनि उनलाई भेट्न गइरहेका हुन्छन् । आफन्त तथा कार्यकर्ताहरूको पनि निकै भीड लाग्ने गर्छ ।

यस्तैमा नेपाल प्रहरीका डीएसपी उनलाई भेट्न कोशीको माछा लिएर कारागार पुगेको रहस्य खुलेको छ । घटना केही समय अघिको हो । यसरी महरालाई माछा लिएर कारागार पुग्ने डीएसपी हुन महराका ज्वाई नाता पर्ने तिलक भारती ।

प्रहरी सेवामा असई पदबाट प्रवेश गरेका हाल डिएसी रहेका भारती महराको राजनीतिक पहुँच र प्रभावका कारण सधैँ अतिरिक्त आम्दानी हुने राम्रा र सुविधाभोगी ठाउँमा बस्न सफल भएका प्रहरी अधिकृत हुन् । ज्वाइँ नाताका कारण भारतीले नराम्रो र अतिरिक्त आम्दानी नहुने ठाउँमा बस्नु परेन ।

यता केही महिनाअघि भएको सामुहिक बलात्कार काण्डमा भने उनी अछुुतो रहन सकेनन् । दरबारमार्गको वृत्त प्रमुख रहँदा ल्याण्डमार्क होटलको सामूहिक बलात्कार काण्डमा उनी अछुतो रहेनन् । त्यसबेला बिदामा बसेकै कारण उनको संलग्नता नदेखिए पनि त्यसपछिका अनुसन्धान प्रक्रियामा उनको कमजोरी र पदीय आचरणभन्दा बाहिर गएपछि विवादमा तानिएका थिए ।

बलात्कारजस्तो त्यसमाथि सामूहिक संवेदनशील अपराधमा कार्यालय प्रमुखको हैसियतले गर्नुपर्ने जिम्मेवारी नगरेको र अनुसन्धान गहनरूपमा नगरेको आरोप लागेसँगै उनी वृत्तबाट हटाइएका थिए । हाल उनी जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत रहेका छन् । कारागारमा रहेका ससुरा नाता पर्ने महरालाई भेट्न उनी कोशीको माछा लिएर पुगेका थिए ।

ससुरा महरालाई चखाउनका लागि भनेर होला उनले फ्राइ गरेको माछा बोकेर कारागार छिरेका थिए । सायद महरालाई पनि माछा निकै मनपर्छ भन्ने थाहा पाएरै होला डिएसपी भारतीले लगेका । फ्राइ गरेको माछा लिएर पुगेका भारतीले महरालाई धित मरुन्जेल माछा खुवाए र फर्किएको कारागारमा चर्चा चल्ने गरेको छ ।

डिल्लीबजारको ‘क’ ब्लकमा रहेका महरालाई डिएसपीले माछा ल्याएर खुवाएको देखेपछि अन्य कैदीहरू चाहि मुख मिठ्याउदै बसेका थिए । त्यो दृश्य हेर्न लायक रहेको चर्चा पनि कारागार परिसरमा चल्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...