कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढ्यो : प्रभु साह



 

कमजोर सडक पूर्वाधारका कारण सवारी दुर्घटना बढेको भन्दै सांसद प्रभु साहले दुर्घटना रोक्न सक्ने पूर्वाधार निर्माण गर्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा “बढ्दो सवारी दुर्घटना” माथिको छलफलमा बोल्दै नेकपा प्रदेश नम्बर २ का अध्यक्षसमेत रहेका सांसद साहले सांघुरो सडक, नियमनमा लापरवाही तथा सडक सुरक्षासम्बन्धि ज्ञानका कारण दुर्घटना बढेको बताए ।

 

अध्यक्ष साहले भने, “सडक दुर्घटनाको मुख्य कारण सांघुरो तथा बढ्दो सवारीको चाप हो । पछिल्लो समय मुलुकमा निर्माण भएका तथा निर्माणाधीन सडकहरुको सडकसीमा निक्कै सांघुरो छ । कतै ९ मीटर त कतै १५ मीटर सडकसीमा तोकेर सडकहरु निर्माण भएका छन् । जबकी मापदण्ड नै हामीले राजमार्गका लागि ५० मीटर राख्ने बनाएका छौँ । त्यसको कार्यान्वयन नहुँदा सडक दुर्घटना बढी भएको हो।” उनले भने, “एकातर्फ दुर्घटना मानवीय तथा प्राविधिक कारणले भइरहेको हो । चालकको लापरबाही, मानसिक तथा दृष्टिमा समस्या, जाँडरक्सी सेवन वा तीव्र गतिमा गाडी गुडाउने जस्ता मानवीय त्रुटीका कारण दुर्घटना हुने गर्दछ ।

 

त्यस्तै गाडीमा समस्या, थोत्रो गाडी, ब्रेक फेल, पांग्रा चिप्लिनेजस्ता प्राविधिक त्रुटीले दुर्घटना निम्तिने गरेको छ।” नियमक निकायको लापरबाहीका कारण पनि सडक दुर्घटनामा वृद्धि भएको आरोप लगाउदै उनले थपे, “एकपटक सवारी चालक अनुमतिपत्र दिइसकेपछी पुन: त्यसको अपडेट लिइदैन ।

 

पछि चालक अन्धो भयो कि मानसिक समस्या आएको हो सम्बन्धित निकायलाई मतलब हुँदैन । गाडी चल्न योग्य छ कि छैन, रुट परमिट आवश्यक छ कि छैन त्यसको नियमन गर्ने निकाय छ तर नियमनमा व्यापक लापरबाही छ जसको कारण दुर्घटना बढ्दो छ ।” स्तरीय सडकको निर्माण बिना दुर्घटना रोक्न नसकिने उनको भनाई छ । सडक ऐनमा व्यवस्था भएको सडकसीमा निर्धारण गरि सडक बनाएमा मानवीय तथा प्राविधिक त्रुटी एकहद सम्म नियन्त्रण हुनेमा सांसद साह सहमत छन् । उनले सडक सुरक्षा ऐन पनि ल्याउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्