काठमाडौंमा बालिकाको ‘अपहरण’



हाम्रो इकोनोमि

 

छोराछोरीलाई सामखुसीस्थित कोठामा छाडेर पोखरामा पुगेकी काठमाडौंकी रुपा (नाम परिवर्तन)लाई सोमबार परिचित आवाजबाट फोन आयो, ‘तेरो छोरा, छोरी र भाञ्जी मेरो कब्जामा छ, तीन लाख दिए मात्र छाड्छु ।’

फोन गर्ने बानेश्वरका २४ वर्षीय आशिष सिजापती थिए । रुपाले उनलाई सहजै चिनिन् । आपतमा आर्थिक सहयोग गर्ने, आफ्ना छोराछोरीले मामा भनेर सम्बोधन गर्ने सिजापतीले अपहरण गरेेको उनले फिटिक्कै पत्याइनन् । तर दुई दिनपछि काठमाडौं फर्किएर कोठामा हेर्दा तीनै जना बच्चा थिएनन् ।

अनि पोखरामा हुँदा आएको फोन सम्झेर झस्किइन् । ‘अरुबेला भाञ्जाभान्जी भन्नेले अपहरण गर्ला भनेर पत्याउनु पनि कसरी ?’ रुपाले प्रहरीसँग भनेकी छन् ।

मोबाइल हेर्दा बच्चाको आईडीबाट फेसबुकमा ‘मामाले ल्याएर अननोन ठाउँमा राख्नुभएको छ’ भनेर म्यासेज आएको पनि देखियो । त्यसपछि आत्तिएकी उनले परिवारका सदस्यसँग सल्लाह गरेर प्रहरीलाई घटनाबारे जानकारी गराइन् ।

लगत्तै काठमाडौं प्रहरीले अनुसन्धान थाल्यो ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...