माइत जान लागेकी श्रीमतीलाई छोड्न नसक्दा डाँको छोडेर रोए श्रीमान (भिडियो सहित)



हाम्रो इकोनोमि

 

 

पति-पत्नीबीच ठाकठुक भएका कतिपय भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्यापति पाइन्छन् । तर आजकल भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा पतिपत्नीको नयाँ भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा पत्नी पतिसँग रिसाएर माइत जान लागेकी हुन्छिन्, पति भने पत्नीलाई रोक्न रेलवे स्टेसन पुग्छन् । अनि सयौं कोशिसपछि पनि पत्नीलाई फर्काउन नसकेपछि पति डाँको छोडेर रुन शुरू गर्छन् ।

यो भिडियो फेसबुक, युट्युब लगायत सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । भिडियो भारतको कुन ठाउँको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन ।

भिडियोमा देख्न सकिन्छ कि पत्नी रेलवे स्टेसनमा उभिइरहेकी हुन्छिन् । त्यही पति पुग्छन् र पत्नीलाई रोक्न खोज्छन् ।

उनले भन्छन्, ‘मलाई छोडेर नजाउ, म सधैं तिम्रो साथ रहन चाहन्छु ।’

तर पत्नीले मान्दिनन् । उनले सम्बन्धविच्छेदको समेत कुरा गरेको भिडियोमा देख्न सकिन्छ ।

अढाई मिनेटको भिडियोका बारेमा भारतीय सञ्चारमाध्यममासमेत चर्चा भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...