कांग्रेसको कार्यसमिति बैठक पुस १० गतेसम्म स्थगित



हाम्रो इकोनोमि

 

 

बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि संसद शुरु हुने भएका कारण र नेताहरु जिल्ला बाहिर जाने कार्यक्रम रहेका कारण बैठक स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो ।

ग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

विवाद मिलाउन नेताहरू सक्रिय भएपनि समस्या समाधान भने हुन सकिरहेको छैन । महाधिवशेनको कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडान नेता पौडेलले राख्दै आएका छन् । त्यस्तै पौडेल पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलका साथै विभागहरुमा पनि भागबण्डा खोजेपछि कांग्रेस भित्रको विवाद पेचिलो बनेको छ ।

गत बिहीवारबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बस्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...