कांग्रेसको कार्यसमिति बैठक पुस १० गतेसम्म स्थगित



हाम्रो इकोनोमि

 

 

बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार आजदेखि संसद शुरु हुने भएका कारण र नेताहरु जिल्ला बाहिर जाने कार्यक्रम रहेका कारण बैठक स्थगित भएको हो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । आज दिउँसोका लागि बोलाइएको बैठक पुस १० गतेसम्मका लागि स्थगित भएको हो ।

ग्रेसमा १४ औं महाधिवेशनको कार्यतालिका ल्याउनु पर्ने, भ्रातृ संगठन, विभाग लगायतमा नेता पौडल सिटौला पक्षधरको असन्तुष्टि रहँदै आएको छ ।

विवाद मिलाउन नेताहरू सक्रिय भएपनि समस्या समाधान भने हुन सकिरहेको छैन । महाधिवशेनको कार्यतालिका नआएसम्म बैठकमा सहभागी नहुने अडान नेता पौडेलले राख्दै आएका छन् । त्यस्तै पौडेल पक्षले नेपाल विद्यार्थी संघ र तरुण दलका साथै विभागहरुमा पनि भागबण्डा खोजेपछि कांग्रेस भित्रको विवाद पेचिलो बनेको छ ।

गत बिहीवारबाट शुरु भएको कांग्रेस केन्द्रीय कार्य समिति बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको असन्तुष्टिका कारण बस्न सकिरहेको छैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...