प्रधानमन्त्री ओली बिनानै नेकपा संसदीय दलको बैठक बस्दै



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो ।

अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको छैन । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको उपनेता सुवास नेम्वाङले बताए ।

दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् । बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली गत आइतबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छैनन् । एपेण्डिसाइटिसको शल्यक्रियापछि बालुवाटारस्थित निवास बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्रीले नियमित कामचाहिँ निवासबाटै गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...