प्रधानमन्त्री ओली बिनानै नेकपा संसदीय दलको बैठक बस्दै



हाम्रो इकोनोमि

 

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले स्थायी कमिटी बैठक स्थगित गरेर संसदीय दलको बैठक बोलाएको छ । शुक्रबारबाट सुरु हुने संसद् अधिवेशनका सन्दर्भमा सांसदहरूलाई ब्रिफिङ गर्न दलको बैठक बोलाइएको हो ।

अपराह्न २ बजे संसद् भवनमै हुने दलको बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता केपी शर्मा ओलीको सहभागिता भने निश्चित भएको छैन । प्रधानमन्त्रीले सकेसम्म आफू बैठकको अध्यक्षता गर्न आउने जानकारी दिएको उपनेता सुवास नेम्वाङले बताए ।

दलको बैठकमा प्रधानमन्त्री उपस्थित हुन नसकेमा उपनेता नेम्वाङले नै अध्यक्षता गर्नेछन् । बैठकमा पार्टी अध्यक्ष प्रचण्डलगायतका नेताले सांसदहरूलाई सम्बोधन गर्नेछन् । प्रधानमन्त्री ओलीको बिहीबारमात्र मिर्गौलाको नियमित डायलासिस गरिएको थियो ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली गत आइतबारदेखि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा पनि सहभागी भएका छैनन् । एपेण्डिसाइटिसको शल्यक्रियापछि बालुवाटारस्थित निवास बाहिरका कार्यक्रममा नगएका प्रधानमन्त्रीले नियमित कामचाहिँ निवासबाटै गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...