मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक



हाम्रो इकोनोमि

 

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मंसिर ३० गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन् । जसमा सीमा क्षेत्रमा बीओपी थप गर्नेलगायत २१ वटा निर्णय छन् ।

सरकारले सीमा क्षेत्रमा सशस्त्र प्रहरीका थप ११४ बोर्डर आउटपोष्ट (बीओपी) स्थापना गर्ने भएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बास्कोटाले अब नेपाल भारत र नेपाल चीन दुवैतिरका सीमा क्षेत्रमा २२१ वटा बीओपी रहने बताए ।

यसअघि सशस्त्र प्रहरीका १०७ वटा बिओपी थिए । सीमा क्षेत्रको अपराध नियन्त्रण र सीमा सुरक्षासहितलाई ध्यानमा राखेर राज्यको बलियो उपस्थिति सीमा क्षेत्रमा गराउन खोजिएको बास्कोटाले बताए ।

उनले हालै भारतसँग सीमा विवाद भएको दार्चुलाको ब्यास गाउँपालिका १ मा पनि बोर्डर आउटपोष्ट स्थापना हुने बताए । सरकारले सोही गाउँपालिकाको छाङरुङबाट दुम्लिङसम्मको घोडेटो बाटो पनि संघीय मामिला मन्त्रालयमार्फत निर्माण गरी सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यो बाटो नहुँदा नेपाली नागरिक भारतीय भूभागबाट यात्रा गर्नुपरेको छ ।

मन्त्रिपरिषद बैठकले गरेका अन्य निर्णय यसप्रकार छन् ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...