राजपापनि सरकारमा जाने, को को हुने भए मन्त्री



हाम्रो इकोनोमि

 

सरकारका प्रवक्ता तथा नेकपा नेता बास्कोटाले राजपा पनि संघीय सरकारमा आउन सक्ने संकेत गरेका छन् । सत्ता गठबन्धनमा रहेको समाजवादीलाई छाडेर राजपासँग चुनावी गठबन्धन गरेको प्रश्नमा जवाफ दिदै उनले नेकपा केही सिट छाडेर भने पनि मुलुक निर्माणको अभियानमा सबैलाई साथमा लैजान उदार रहेको बताए ।

‘हामीले राजपासँग गठबन्धन गरेको समाजवादीलाई हटाउन होइन । हामी सबैलाई साथमा लिएर अघि बढ्न चाहन्छौं’ उनले भने, ‘त्यसो गर्दा एक दुई सिट नेकपाले गुमाएर केही फरक पर्दैन । राजपा सरकारमै आएछ भने पनि नेकपाले एक दुईवटा मन्त्रालय छाड्छ । हामी छाड्न तयार नै छौं ।’

नेकपा–राजपा गठबन्धनले प्रदेश २ को सरकारमा पर्ने असरबारे भने अहिले केही भन्न नसकिने बास्कोटाले बताए । राजनीतिमा कुनै पनि कुरा असम्भव नरहेको भन्दै केही समय पर्खिन र अझै राजनीतिक विकासक्रम हेर्न उनले सुझाए ।

यसैबीच  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको स्थायी कमिटी बैठकमा बहसको विषय बनेको अमेरिकाको मिलिनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन हुने सरकारले प्रष्ट पारेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले एमसीसी संसदको शुक्रबारबाट शुरु हुने अधिवेशनमा यो सम्झौता पारित हुने बताए ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले धेरै वर्षअघिदेखि नै प्रक्रियामा रहेको र सम्झौता एमसीसी संसदको अघिल्लो अधिवेशनबाटै पारित हुनुपर्ने बताए ।

संसदको अबको अधिवेशनबाट एमसीसी पारित हुने भन्दै पार्टीभित्र भइरहेको बहसले सरकारको काम कारवाहीमा कुनै असर नगर्ने पनि प्रष्ट पारे । मुलुकको विदेश नीति र पार्टीको विचारधारा फरक फरक कुरा हुन् भन्दै उनले केही व्यक्तिका निजी धारणाले एमसीसी संसदबाट पारित हुन नरोकिने बताए ।

‘मान्छेले कि धेरै बुझेर विरोध गर्छ, कि त बुझ्दै नबुझेर बिरोध गर्छ । अहिले एमसीसीको सन्दर्भमा (नेकपा बैठकमा) भइरहेका बहस पनि त्यस्तै हुन्’ मन्त्री बास्कोटाले भने, ‘तर हामी अमेरिकासँगको सैन्य गठबन्धनमा जाने पनि होइन । नेपालले कम्युनिस्ट मुलुकसँगमात्र सम्बन्ध राख्ने पनि होइन ।’

एमसीसी सहयोग अमेरिकाको इण्डो प्यासिफिक रणनीतिको अंग भएको भन्दै नेकपाका नेताहरुले नै विरोध गरेका छन् । यदि इण्डो प्यासिफिक रणनीति अन्तर्गत होइन भने पनि सम्झौतामा परिर्माजन गर्नुपर्ने नेताहरुको मत छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...