मुख्यमन्त्री राईले भने नेपालको मिडियाको काम छैन



हाम्रो इकोनोमि

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेपाली मिडिया र सामाजिक सञ्जालहरुमा नकरात्कम वस्तुको खोजी र खेती गर्ने बिषयमा होडबाजी भइरहेको बताएछन् । उनले समाजमा भएका नकरात्कम वस्तुको खोजी गर्ने र बाहिर ल्याउने परिपार्टीलाई समयसँगै बदल्न आवश्यक रहेकोमा जोड दिए ।

‘समाजमा अहिलसम्म पनि असाध्यै नकरात्मकताको खोजी र खेती गर्ने प्रचलन कायम छ,’ नेपाल फोटो पत्रकार महासंघको केन्द्रिय अधिवेशनको बिहीबार विराटनगरमा उद्घाटन गदै मुख्यमन्त्री राईले भने, ‘हामी राम्रा कुरा बुझेर पनि बुझे जस्तो गर्दैनौ, देखेर पनि देखे जस्तो गर्दैनौ, कसरी नकरात्मक कुरालाई हाइलाइट गर्ने भन्ने सोचको ट्रेन समाजमा अहिलेपनि छ । यो मानसिकता र प्रवृतिबाट हामी रुपान्तरित भएर सकारात्कमताको खोजीमा जुट्न आवश्यक छ ।’

उनले संघीयतालाई संस्थगत गदै समाज परिवर्तनका लागि सकारात्कम वस्तुको खोजी र खेतीगर्न कुरामा मिडियाको अहम भूमिका हुनेमा समेत जोड दिए ।

मुख्यमन्त्री राईले सबै क्षेत्रमा अहिले इनाम र नैतिक मूल्य मान्यता, प्रतिवद्धता र त्यागको खाँचो रहेको बताए ।

‘समाजमा अनेक खालका समस्या छन, अनेकन मानसिक्ता छन्, अहिले संघीयताका बारेमा विभिन्न खालका नकरात्कम कुराहरु बाहिर आइरहेका छन,’ ’ मुख्यमन्त्री राईले भने, ‘त्यस्ता कुरालाई हाइलाइट गर्ने क्ममा होडबाजी भएमा संघीयता संस्थागत हुनेमा समस्या उत्पन्न हुन सक्छ,संघीयताका बारेमा यसलाई संस्थागत गर्ने पाटोलाई बल पुग्ने गरी मिडियाको अबको भूमिका रहनुपर्छ ।’

देश समृद्धीको यात्रामा रहेको र त्यस यात्रामा हामी सरिक रहेको भन्दै मुख्यमत्री राईले हामीलाई दिएको यो अवसरलाई कहीं कतै नभुली नझुकी योगदान गर्न तयार हुनुपर्ने बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकारद्धय महोन भण्डारी र हर्ष सुब्बलाई जनही २१ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । मुख्यमन्त्री राईले सम्मानितद्धय भण्डारी र राईलाई दोसल्ला र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले पुनर्गठन हुन्छ, सबै अटाउँछन् : योगेश भट्टराई

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेकपा एमाले पुगर्नठनको बाटोमा रहेको र...

गगन थापा रास्वपा महाधिवेशनमा जाने

    कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने...

वेबसाइट निर्माण प्रतियोगिता सिजन ८ को उपाधि अङ्किता भट्टराईलाई

    क्लिन्टन स्कुलकी अङ्किता भट्टराईले लाइफ कम्प्युटरद्वारा आयोजित ‘वेबसाइट निर्माण प्रतियोगिता –...

एमाले सुदूरपश्चिम पनि पार्टी पुनर्गठनको पक्षमा

    नेकपा एमालेको सुदूरपश्चिम प्रदेशस्तरीय सुझाव संकलन कार्यक्रममा अधिकांश नेता तथा कार्यकर्ताले...