सभामुखमा सुवास नेम्वाङ, उपसभामुख राजपालाई



हाम्रो इकोनोमि

 

लामो समयदेखि रिक्त रहेको सभामुख पदमा सत्तारूढ नेकपाको संसदीय दलका उपनेता समेत रहेका स्थायी कमिटी सदस्य सुवास चन्द्र नेम्वाङले बाजी मारेका छन । सत्तारूढ नेकपामा नयाँ सभामुखको लागि नेम्वाङको नाममा सहमति जुटेको छ ।

प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महरा संसद सचिवालयमा कार्यरत कर्मचारी माथी बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि हाल डिल्लीबजार कारागारमा छन् ।

भोलि (शुक्रबार) अपरान्ह बाट सुरु हुने संसदको हिउँदे अधिबेशनको बैठक भने उपसभामुख शिवमाया तुम्बाहाङफेले संचालन गर्ने नेकपा निकट स्रोतले अनलाइनपानालाई जानकारी दियो । संसदको हिउँदे अधिबेशन सुरु भए सँगै प्रतिनिधिसभाले नयाँ सभामुख र उपसभामुख पाउने छ ।
स्रोतका अनुसार पुर्व एमाले समुहबाट नेम्वाङ सभामुख नियुक्त भएसँगै पुर्व माओवादी समुहले संसदीय दलको उपनेता पाउने भएको छ ।
यसअघि उपसभामुख तुन्बाहाङफे लाई पटकपटक राजिनामा दिन दबाब दिए पनि अटेर गर्दै आएकी तुम्बाहाङफेले सभामुखमा नेम्वाङ पक्का भए सँगै राजिनामा दिन सहमत भएको स्रोतको दावी छ । सभामुखको दौडमा रहेका पुर्व माओवादी समुहका नेता अग्नि प्रसाद सापकोटालाई भने अब पुनर्गठित हुने मन्त्रीमण्डलमा मन्त्री बनाउने सहमति समेत भएको छ ।

यसैगरी राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेका मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टीले उपसभामुख पाउने पक्कापक्की भएपनी अहिले नै कसलाई उपसभामुख बनाउने भन्ने टुंगो नलागेको स्रोतले अनलाइनपानालाई जानकारी दियो ।

सत्तारूढ अर्को दल समाजवादी पार्टीले जुनसुकै बेला पनि सरकार छाड्न सक्ने र सरकारमै बसेर सरकारको आलोचना बाहेक केही नगरेको निष्कर्ष निकालेको नेकपाले समाजवादी पार्टीलाई भने अब महत्त्व नदिने रणनीति समेत अख्तियार गरेको छ ।

यसैको पहिलो प्रयास स्वरुप राष्ट्रियसभाम प्रतिपक्षी भुमिकामा रहेको राजपा सँग समझदारी गर्दै समाजवादीलाई भने सरकार बाट हट्नै पर्ने बाध्यात्मक अवस्था सिर्जना गर्न खोजिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...