पुनरावेदन रिटमाथि उच्च अदालतमा पूर्व सभामुख महराको सुनुवाई हुँदै



हाम्रो इकोनोमि

 

 

बलात्कार आरोपमा कारागारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन रिटमाथि उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंको आदेश खारेजीको माग राख्दै महराले पुनरावेदन रिट हालेका थिए । महराको पुनरावेदनपछि उच्च अदालतले अनुसन्धानदेखि थुनामा राख्न दिइएको आदेशको विवरण माग गरेको थियो ।

जिल्ला अदालतबाट विवरण प्राप्त भएपछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदनको सुनुवाई गर्दैछ ।

जिल्ला अदालत काठमाडौंले प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महरालाई संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा थुनामा राखिएको छ ।

१२ असोज राति महराले शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । तर, महराले भने आफूमाथि लागेको आरोप झूटो भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...