पुनरावेदन रिटमाथि उच्च अदालतमा पूर्व सभामुख महराको सुनुवाई हुँदै



हाम्रो इकोनोमि

 

 

बलात्कार आरोपमा कारागारमा रहेका पूर्व सभामुख कृष्णबहादुर महराको पुनरावेदन रिटमाथि उच्च अदालत पाटनमा आज सुनुवाई हुँदैछ ।

जिल्ला अदालत काठमाडौंको आदेश खारेजीको माग राख्दै महराले पुनरावेदन रिट हालेका थिए । महराको पुनरावेदनपछि उच्च अदालतले अनुसन्धानदेखि थुनामा राख्न दिइएको आदेशको विवरण माग गरेको थियो ।

जिल्ला अदालतबाट विवरण प्राप्त भएपछि मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकनारायण कुँवरको इजलासले महराको पुनरावेदनको सुनुवाई गर्दैछ ।

जिल्ला अदालत काठमाडौंले प्राप्त अनुसन्धान प्रतिवेदनका आधारमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । महरालाई संसद सचिवालयकै महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयासको आरोपमा थुनामा राखिएको छ ।

१२ असोज राति महराले शाहीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १४ असोजमा सभामुखबाट राजीनामा दिएका थिए । तर, महराले भने आफूमाथि लागेको आरोप झूटो भएको दावी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...