के भनिन् महराविरुद्ध रोशनीले अदालतमा



हाम्रो इकोनोमि

 

निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध जब र जस्ती क र णी प्रयास मुद्दाको साक्षी प्रमाण बुझ्ने क्रममा पीडित भनिएकी रोशनी शाहीको बयान आज पनि जारी रहेको छ ।

काठमाडौ जिल्ला अदालतमा विचाराधीन रहेको मुद्दासँग सम्बन्धित पीडित तथा अन्य साझीको बकपत्र गराउने काम न्यायाधीश अम्बिरराज पौडेलको इजलाशमा आइतबारदेखि शाहीले आफ्नो बयान दिइरहेकी छिन । आइतबार पीडित भनिएकी रोशनी शाहीको बकपत्र सुरु भएको जिल्ला अदालतले जनाएको छ । पीडितको बयान सुरु भएको र समय अभावका कारण सोमबार पनि बयान शुरु भैसकेको अदालतले जनाएको छ । बयानमा के के भनिन भन्ने बारे गोप्य राखिएको छ ।
शाहीले बकपत्र दिइरहँदा पुर्पक्ष थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई समेत उपस्थिति गराइएको थियो । शाहीले बोली फेरे पनि औपचारिक रुपमा अदालत प्रमाणका रुपमा पेश गर्न पाएकी थिइनन् । बकपत्र सुरु भएसँगै उनले आफ्नो कुरा भन्ने मौका पाएकी हुन् ।

सुरुमा महानगरीय प्रहरी वृत्त वानेश्वरमा दिएको उजुरी अनुसार आफ्नो कोठामै आएर महराले ज ब रजस्ती क र णी प्रयास गरेको जाहेरी दिएकी शाहीले पछि बोलि फेर्दै आफूमाथि क र णी प्रयास नभएको भन्दै प्रहरी कार्यालय र अदालतमा समेत निवेदन दिएकी थिइन् । तर त्यसलाई अदालतले इन्कार गरेको थियो । जिल्ला अदालतमा दुईपटक महराले आफूलाई ‘क र णी प्रयास गरेको होइन’ भन्न खोजे पनि पीडितको भनाइ राख्ने बेला नभएको भन्दै दिइएको थिएन । तत्कालनी जिल्ला न्यायाधीश सुर्दशनराज पाण्डेको इजलासले महरालाई कात्तिक १८ गते पुर्पक्ष थुनामा पठाएको थियो। महराले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिए पनि ‘कैफियत प्रतिवेदन’ मागउने आदेश मात्र भएको छ ।
शाहीले आफू डिप्रेशनको विरामी भएका कारण आफूलाई अरुले प्रयोग गर्न खोजेको भन्ने बयान दिएको स्रोतले जानकारी दिएको छ । शाही धेरै पहिलेदेखि डिप्रेशनको विरामी रहको भन्दै महरा पक्षका वकिलहरुले जिकिर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...