राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक



हाम्रो इकोनोमि

 

आगामी माघ ९ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज बुधबार राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको हो । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय सभाका ५९ सांसदमध्ये पहिलो कार्यकालका लागि गोलाप्रथाद्वारा १९ सांसदको दुई वर्ष कार्यकाल निर्धारण गरिएको थियो । उनीहरूको कार्यकाल फागुन २० गते सकिन लागेकोले सोही रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो ।

उनीहरूको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोले माघ ९ का लागि निर्वाचन तय गरिएको हो । फागुन २० मा दुईवर्षे पदावधि समाप्त हुने सांसदहरूमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडासहित कांग्रेसका ७, नेकपाका ८, राजपाका २, समाजवादीका १ गरी १९ जना रहेका छन् ।

अब उनीहरूको रिक्त स्थानमा हुन लागेको निर्वाचनमा विजयी हुने सांसदको पदावधि भने ६ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...