राष्ट्रिय सभा निर्वाचनको कार्यतालिका सार्वजनिक



हाम्रो इकोनोमि

 

आगामी माघ ९ गतेका लागि तय गरिएको राष्ट्रिय सभा सदस्यको निर्वाचन तालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगले आज बुधबार राष्ट्रिय सभाका सदस्यको निर्वाचन तालिका सार्वजनिक गरेको हो । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६ अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

राष्ट्रिय सभाका ५९ सांसदमध्ये पहिलो कार्यकालका लागि गोलाप्रथाद्वारा १९ सांसदको दुई वर्ष कार्यकाल निर्धारण गरिएको थियो । उनीहरूको कार्यकाल फागुन २० गते सकिन लागेकोले सोही रिक्त पदका लागि माघ ९ गते निर्वाचन हुन लागेको हो ।

उनीहरूको पदावधि सकिनुभन्दा ३५ दिन अगावै निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेकोले माघ ९ का लागि निर्वाचन तय गरिएको हो । फागुन २० मा दुईवर्षे पदावधि समाप्त हुने सांसदहरूमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा मनोनीत अर्थमन्त्री डा. युवराज खतिवडासहित कांग्रेसका ७, नेकपाका ८, राजपाका २, समाजवादीका १ गरी १९ जना रहेका छन् ।

अब उनीहरूको रिक्त स्थानमा हुन लागेको निर्वाचनमा विजयी हुने सांसदको पदावधि भने ६ वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...