कांग्रेस मुख्यालय सानेपामा नेविसंघका कार्यकर्ताको अनशन



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कांग्रेस मुख्यालय सानेपामा रिले अनशन शुरु गरेका छन् ।

कांग्रेस भित्र नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारका निकट विद्यार्थी नेतहरुको चहलपहल रहेको उक्त अनशनको नेतृत्व रुपा पोखरेलले गरेकी छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने समय अगावै रुपा पोखरेल लगाएतका आधा दर्जन कार्यकर्ताहरुले अनशन शुर गरेका हुन् । कांग्रेस भित्र संस्थापन पक्ष र पौडेल पक्षले सहमतीमा नेविसंघको नेतृत्वमा ३२ वर्ष कटेका व्यक्तिलाई ल्याउने तयारी भएको आशंका गर्दै सिटौला पक्ष विद्यार्थीहरुले अनशन शुरु गरेका हुन् । सिटौला पक्ष यसअघि देखिनै विधान अनुरुप ३२ वर्ष तलका विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा लैजानु पर्ने आवाज उठाउँदै आएका छन् ।

अनशनरत विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको विधान २०१७ को (७ औं संशोधन) दफा ५ को उपदफा ५ बमोजिम नेविसंघको नेतृत्वमा ३२ वर्ष मुनीका व्यक्ति ल्याउनु पर्ने माग अघि सारेका छन् ।

अनशनरत विद्यार्थीहरुलाई नेविसंघका तत्कालिन महामन्त्री कुन्दनराज काफ्ले अविर र माला लगाएर स्वागत गरेका थिए । समयमा महाधिवेशन गर्न नसकेर थपिएको म्याद गुजारेपछि अध्यक्ष नैनसिंह महराले राजीनामा दिएका थिए । मातृ संस्था नेपाली कांग्रेसले समयमै व्यवस्थापन नगरिदिँदा १० महिनादेखि नेविसंघ नेतृविहीन अवस्थाबाट गुज्रिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...