कांग्रेस मुख्यालय सानेपामा नेविसंघका कार्यकर्ताको अनशन



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताहरुले कांग्रेस मुख्यालय सानेपामा रिले अनशन शुरु गरेका छन् ।

कांग्रेस भित्र नेता कृष्णप्रसाद सिटौलाले नेतृत्व गरेको तेस्रो धारका निकट विद्यार्थी नेतहरुको चहलपहल रहेको उक्त अनशनको नेतृत्व रुपा पोखरेलले गरेकी छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्ने समय अगावै रुपा पोखरेल लगाएतका आधा दर्जन कार्यकर्ताहरुले अनशन शुर गरेका हुन् । कांग्रेस भित्र संस्थापन पक्ष र पौडेल पक्षले सहमतीमा नेविसंघको नेतृत्वमा ३२ वर्ष कटेका व्यक्तिलाई ल्याउने तयारी भएको आशंका गर्दै सिटौला पक्ष विद्यार्थीहरुले अनशन शुरु गरेका हुन् । सिटौला पक्ष यसअघि देखिनै विधान अनुरुप ३२ वर्ष तलका विद्यार्थी नेतालाई नेविसंघको नेतृत्वमा लैजानु पर्ने आवाज उठाउँदै आएका छन् ।

अनशनरत विद्यार्थीहरुले नेपाल विद्यार्थी संघको विधान २०१७ को (७ औं संशोधन) दफा ५ को उपदफा ५ बमोजिम नेविसंघको नेतृत्वमा ३२ वर्ष मुनीका व्यक्ति ल्याउनु पर्ने माग अघि सारेका छन् ।

अनशनरत विद्यार्थीहरुलाई नेविसंघका तत्कालिन महामन्त्री कुन्दनराज काफ्ले अविर र माला लगाएर स्वागत गरेका थिए । समयमा महाधिवेशन गर्न नसकेर थपिएको म्याद गुजारेपछि अध्यक्ष नैनसिंह महराले राजीनामा दिएका थिए । मातृ संस्था नेपाली कांग्रेसले समयमै व्यवस्थापन नगरिदिँदा १० महिनादेखि नेविसंघ नेतृविहीन अवस्थाबाट गुज्रिएको छ ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...

दुबई अन्तर्राष्ट्रिय विमानस्थल बन्द

    दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले...

रास्वपाले टुंग्यायो समानुपातिक सांसदको नाम

    राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुंगो लगाएको छ...

मध्यपूर्वका १४ देश छाड्न अमेरिकाद्वारा आफ्ना नागरिकलाई निर्देशन

     इरानले मध्यपूर्वमा रहेका अमेरिकी अखडाहरूमा आक्रमण गरेपछि अमेरिकाले आफ्ना नागरिकहरूलाई उक्त...