भट्टराईलाई गलहत्याएर निकाल्दै यादव, भने अब म नेकपा मै फर्किन्छु



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपासँग सत्तासझेदार समाजवादी पार्टीभित्र दुई अध्यक्षबीच टकराव देखिएको छ । सत्ताका विषयलाई लिएर केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद डा. बाबुराम भट्टराईबीच मनमुटाव शुरु भएको हो । यसअघि उपेन्द्र यादव सरकारमा बस्ने र डा. भट्टराईले सरकारबाट बाहिरने कुरा गरेका थिए ।

 

यसरी सरकारमा बस्ने र नबस्ने कुराबाट मनमुटाव शुरु भएको विवादकै कारण राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँगको एकीकरण अलपत्र परेको छ । केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद डा। बाबुराम भट्टराईबीच मनमुटाव शुरु भएपछि भट्टराई नेकपामा बोलाए फर्किने मनस्थिति बनाएको स्रोतको दाबी छ ।

 

समाजवादी पार्टीले सरकारमा बस्ने वा नबस्ने भन्ने विषयको लागि छलफल गर्न संघीय परिषद र केन्द्रीय समितिको बैठक नै बोलाएको थियो । तर समितिमा यादव पक्षको बाहुल्यता भएको हुनाले यादवको चाहना बमोजिम बैठकले न त सरकारबाट बाहिरिने निर्णय गर्यो न त राजपासँग एकीकरण गर्ने नै ठोस निर्णय गर्यो । यादव पक्ष सरकारबा बाहिरने पक्षमा पनि छैन भने राजपासँग एकीकरण गर्न पनि ईच्छुक देखिदैन ।

 

उता बाबुराम भट्टराईले समेत सरकारमा बसेर केही काम नहुने भन्दै सरकारबाट बाहिरिनको लागि दबाब दिईरहेका छन् । तर यदवले सरकारमै रहने जबाफ दिएपछि भट्टराई असन्तुष्ट भएको बताईन्छ । भट्टराईको असन्तुष्टिलाई साम्य पार्न यादवले राष्ट्रिय सभामा आफ्ना पार्टीका तर्फबाट सांसद भएका रामप्रित पासवानको अवधी सकिएसँगै उक्त स्थानमा भट्टराई पत्नी हिसिला यमीलाई लैजाने ललीपप देखाएका छन् ।

 

उता प्रधानमन्त्री केपी शर्मा ओली र डा. भट्टराईबीच बढेको दूरीका कारण आफूलाई प्रधानमन्त्री ओलीले माईनस गरेको महसुस पनि यादवले गरेका छन् । मन्त्री यादवले मन्त्रिपरिषद् पुनर्गठनमा आफू अपमानित हुनुपरेको, गौर घटनाको धम्कीले दिनरात सताउन थालेको पनि महसूस गरेका छन् । उपेन्द्रको बुझाई छ– बाबुरामले अति आलोचना गर्दा नै हो, अपमानको घुड्को पिएर भए पनि कानुन मन्त्रालयमा जानु परेको । भित्रभित्रै आफै जल्दै गरेका मन्त्री यादवले यस विषयमा बाहिर मुख चाही खोलेका छैनन् । तर यादवले सरकाबाट बाहिरिदा झन कमजोर भईने र राजपा सरकारमा सामेल हुन सक्ने विश्लेषण गर्दै सरकार नछाड्ने मनस्थितिमा पुगेको बताईन्छ ।

 

त्यसो त समाजवादी पार्टीभित्र पार्टी एकीकरण हुनु अगाडी तत्कालीन संघीय समाजवादी पार्टी र नयाँ शक्तिबीच एकता भएपनि नेताहरुको मन भने मिलेको छैन । पछिल्ला दिनहरुमा मन्त्री यादवले भट्टराईकै कारण पार्टीमा क्षयीकरण भएको महसुस गरेका छन् । हालै सम्पन्न उपनिर्वाचनमा समाजवादी पार्टीले भट्टराईको प्रभाव कुनै पनि क्षेत्रमा नहुदा राम्रो नतिजा ल्याउन नसकेको यादव पक्षको ठम्याई छ ।

 

पछिल्लो पटक समाजवादी भित्रको विवाद दुई नम्बर प्रदेश कमिटी गठनमा सतहमा आएको छ । २ नम्बर प्रदेश कमिटी गठन हुँदा आफूहरुलाई किनारा लगाएको भट्टराई पक्षको आरोप छ । हालै २ नं. प्रदेश कमिटी गठन गर्ने क्रममा भट्टराई पक्षधर पूरै माइनस भएका छन् ।

प्रतिक्रिया दिनुहोस
वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ : सुरेन्द्र पाण्डे

    नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा...

मलाई स्पष्टीकरण सोध्नु नै हास्यास्पद : पूर्णबहादुर खड्का

    नेपाली कांग्रेसले नेता पूर्णबहादुर खड्काले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका...

पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...