सरकारका बिषयमा उठेका प्रश्नको जवाफ सुवास नेम्वाङले दिने



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटीमा सरकारका बिषयमा उठेका प्रश्नको जवाफ संसदीय दलका उपनेता सुवास नेम्वाङले दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि सरकार र संसदका बिषयमा उठेका प्रश्नको जवाफ नेम्वाङले दिने उनी निकट स्रोतले बताएको छ ।

स्थायी कमिटी बैठकमा दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने छन् । पार्टी र राजनीतिक प्रतिवेदनमाथी उठेका प्रश्नको जवाफ दाहालले दिएपनि सरकारका बिषयमा भने नेम्वाङले जवाफ दिने भएका छन् ।

‘उहाँ आज पूर्वजाने कार्यक्रम थियो तर प्रधानमन्त्री ओलीले बैठकको अन्तिममा बोल्न आग्रह गरेपछि पूर्व जाने कार्यक्रम स्थगित भएको छ’ उनी निकट स्रोतले भन्यो । प्रधानमन्त्रीका तर्फबाट उनले बोल्ने भएका छन् । सरकारमा नभएपनि सरकारका काम कारवाहीका बिषयमा उनले स्थायी कमिटीका सदस्यहरुलाई जानकारी गराउनेछन् ।

स्वास्थ्य अबस्थाका कारण प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेका छन् । स्थायी कमिटीमा सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफु निकटका नेताहरुलाई अन्तिममा बोल्न आग्रह गरेका छन् । सरकारका बिषयमा केही नेम्वाङले जवाफ दिनेछन् भने केही उपप्रधानमन्त्री इश्वर पोखरेलले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...