सरकारका बिषयमा उठेका प्रश्नको जवाफ सुवास नेम्वाङले दिने



हाम्रो इकोनोमि

 

नेकपा स्थायी कमिटीमा सरकारका बिषयमा उठेका प्रश्नको जवाफ संसदीय दलका उपनेता सुवास नेम्वाङले दिने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा उपस्थित हुन नसक्ने भएपछि सरकार र संसदका बिषयमा उठेका प्रश्नको जवाफ नेम्वाङले दिने उनी निकट स्रोतले बताएको छ ।

स्थायी कमिटी बैठकमा दुई अध्यक्षले पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने छन् । पार्टी र राजनीतिक प्रतिवेदनमाथी उठेका प्रश्नको जवाफ दाहालले दिएपनि सरकारका बिषयमा भने नेम्वाङले जवाफ दिने भएका छन् ।

‘उहाँ आज पूर्वजाने कार्यक्रम थियो तर प्रधानमन्त्री ओलीले बैठकको अन्तिममा बोल्न आग्रह गरेपछि पूर्व जाने कार्यक्रम स्थगित भएको छ’ उनी निकट स्रोतले भन्यो । प्रधानमन्त्रीका तर्फबाट उनले बोल्ने भएका छन् । सरकारमा नभएपनि सरकारका काम कारवाहीका बिषयमा उनले स्थायी कमिटीका सदस्यहरुलाई जानकारी गराउनेछन् ।

स्वास्थ्य अबस्थाका कारण प्रधानमन्त्री ओली बालुवाटारमै आराम गरिरहेका छन् । स्थायी कमिटीमा सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले आफु निकटका नेताहरुलाई अन्तिममा बोल्न आग्रह गरेका छन् । सरकारका बिषयमा केही नेम्वाङले जवाफ दिनेछन् भने केही उपप्रधानमन्त्री इश्वर पोखरेलले जवाफ दिनेछन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...