रामशरण महतले देउवामाथि लगाए यस्तो गम्भिर आरोप



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले पार्टी सभापति शेरबहादुर देउवाका कारण पार्टी कमजोर हुँदै गएको र सहमतिका कारण केन्द्रीय समितिको बैठक बस्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको जारी केन्द्रीय कमिटीको एजेण्डालाई लिएर कांग्रेस भित्र संस्थापन इतर पक्षले बैठक बहिष्कार गर्दै आएको प्रसंगमा नेता महतले पार्टी सभापति देउवालाई सहमतिका साथ अगाडी बढ्न पनि आग्रह गरेका छन् ।

 

पार्टी सभापति देउवाले पेलेरै जाने रणनीति लिएमा अर्को पक्षले विद्रोह गर्न सक्ने भन्दै चेतावनी समेत दिएका छन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता डा. महतले भने– ‘त्यस्तो भन्नुभयो भने सरासर गलत हो । त्यसको प्रतिक्रिया चाहिं पार्टीलाई राम्रो हुँदैन । यसले पार्टीलाई झन् कमजोर बनाउँछ । –त्यसो गर्नुभयो भने पार्टीलाई नोक्सान हुन्छ । पार्टीको हित चाहने हो भने त्यो काम गर्नु हुँदैन । कांग्रेसमा पार्टी हित भन्दा व्यक्तिगत हित र गुटबन्दी बढी भइरहेको छ । पार्टी हितका लागि सहमतिमा अगाडि बढ्नु पर्छ । त्यसको विकल्प छैन ।

 

संसदमा त सरकारले बहुमतको आधारमा पेलेर गर्न थाल्यो भनेपछि विपक्षी दलले त्यत्रो विद्रोह गर्छ । संसद अवरुद्ध हुन्छ । तर, पार्टी एकढिक्का भएर अघि बढ्ने बेलामा पनि बहुमतमा गर्छु भन्ने ? एउटै पार्टी्भित्र पनि पेलेर अगाडि बढ्न खोज्नु बिल्कुल गलत हो । यसले पार्टीमा नराम्रो असर पार्छ । म त अझै भन्छु एकताको आधारमा जाऔं । सारा कार्यकर्ताको भनाई पनि त्यही छ एक भएर जाने ।’

 

‘चार वर्षसम्म हामीले केही पनि गरेका छैनौं । कांग्रेसका भातृ संगठनहरू लथालि¨ छन् । विभागहरू बनेका छैनन् । अबको हाम्रो सम्पूर्ण ध्यान चौधौं महाधिवेशनमा लगाउने र केही समय थपेरै भए पनि जतिसक्यो छिटो सम्पन्न गर्ने्तिर लगाउनु पर्ने हो । त्यसको लागि कार्यतालिका तयार पार्नुपर्ने हो । महाधिवेशन तयारीका लागि पनि धेरै समय लाग्छ । हाम्रो ध्यान त्यतातिर जानुप¥यो । अहिले विभाग बनाउने, विभागको संख्या बढाउने किन ? जब कि हाम्रो पदावधि नै समाप्त हुन लाग्या छ भने २–४ महिनाका लागि विभाग बनाएर के अर्थ छ र ? त्यसको आवश्यकता अहिले छँदैछैन ।’

 

नेता महतले १३ औं महाधिवेशनको अवधि केबल तीन महिनामात्र बाँकी भएको उल्लेख गर्दै थपे–‘यो त अधिवेशन भएको पदाधिकारी नियुक्ति भएको केही महिनाभित्रै गर्नुपर्ने थियो । चार वर्ष पुग्न लागेपछि यसको आवश्यकता छैन । अबको हाम्रो ध्यान तल्लो तहदेखि क्रियाशील सदस्यका कुरादेखि महाधिवेशन सम्पन्न गर्नका लागि लाग्ने ६–८ महिनाको समयतर्फ लगाउनु पर्छ । नयाँ विभागहरू बनाउने, यो गर्ने त्यो गर्ने भनेर तमासा गर्ने काम छँदैछैन । यो खाली गुटलाई प्रभावित पार्नका लागि गरिएको प्रवृत्ति देखिन्छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...