प्रेमीकालाई पहिलो डेटमै फिदा पार्ने उपाय



हाम्रो इकोनोमि

 

तपाईको कोहिसँग प्रेम बसेको छ र डेट जाँदै हुनुहुन्छ भने तयारीका साथ जानुपर्छ । यदि तपाई उनीसँगको सम्बन्ध टिकाईराख्न चाहानुहुन्छ र सम्बन्ध सुमधुर बनाउन चाहनुहुन्छ भने धेरै कुराहरु सोच्नुपर्ने हुन्छ । जसमध्ये केहि उपायहरु निम्न छन् : तपाईको पहिलो डेट हो भने तोकेको समयभन्दा अगाडी पुग्नुहोस् । युवती आइपुग्दा तपाई पुगिसकेको हुनुभयो भने त्यसको प्रभाव सकारात्मक पर्छ ।

 

यदि कुनै क्याफे वा रेष्टुरेण्टमा भेट्दैहुनुहुन्छ वा कतै भेटेर खाजा खान कतै जानुहुन्छ भने युवती आउँदा ढोका खोलिदिनुस् । उनी बस्ने स्थानको कुर्सी मिलाइदिनुस् अनि उनी बसिसकेपछि मात्र आफू बस्नुस् ।

 

पहिलो भेटमा मोबाइल नचलाएको धेरै नै राम्रो हुन्छ । कुरामा अवरोध नहोस् भनेर मोबाइल साइलेन्ट मोडमा राख्दा नै उत्तम हुन्छ । अनिवार्य कल आयो भने पनि सकेसम्म छोटो कुरा गर्नुस् ।

 

पहिलो डेटका लागि स्थान चयन गर्दा सुनसान स्थान नछान्नु । सकेसम्म व्यक्तिहरु आवत–जावत भइरहने स्थानमा जानु राम्रो हो । सकेसम्म धेरै भीडभाड हुने स्थान पनि राम्रो मानिन्न ।

 

पहिलो डेटमा मदिरातिर ध्यान नदिनु । आफू पनि नपिउनु र युवतीलाई अफर पनि नगर्नु बुद्धिमानी हो । पहिलो डेटको अर्को महत्वपूर्ण कुरा भनेको शारीरिक रुपमा धेरै निकटता नदेखाएकै राम्रो मानिन्छ ।

पहिलो भेटमा फूल उपहार दिनुभयो भने अझ प्रभावकारी हुन्छ । वास्नादार फूलले तपाईहरुको सम्बन्धमा पनि मिठो बास्ना ल्याउन सघाउ पुग्छ ।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...